२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

कपिलवस्तुको चाकरचौडादेखि युसीएमएसको ‘निःशुल्क बस सेवा’

बिहिवार , जेठ १८, २०८०


भैरहवा, १८ जेठ ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) भैरहवाले कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४ स्थित चाकरचौडादेखि अस्पतालसम्म निःशुल्क बस सेवा शुभारम्भ गरेको छ । 

विशेष गरी ग्रामीण क्षेत्रका बिरामीहरुलाई मध्यनजर गर्दै सहज रुपमा अस्पतालसम्मको पहुँच र सर्वसुलभ दरमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले मायादेवी गाउँपालिका, कपिलवस्तुको पहलमा हाललाई प्रत्येक बुधबार बिहान ९ बजे चाकरचौडादेखि अस्पतालसम्म बस सेवाको थालनी गरिएको युसीएमएसका सूचना अधिकारी सुशील गुरुङ्गले बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले युसीएमएसले ग्रामीण भेगमा दुरीको हिसाबले ६५ किलोमीटरको दुरीमा पनि निःशुल्क बस सेवा सुचारु गरेर एकदमै सराहनीय कार्य गरेको बताए ।

मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दीन मुसलमानको सभापतित्व तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सहसराम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा युसीएमएस शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस., गाउँपालिकाका उपाध्यक्ष सरस्वती यादव, प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादव, वडा नम्बर ४ का वडा अध्यक्ष असफाक मुसलमान, स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादव, युसीएमएसका प्रशासन संयोजक तेज कुमार के.सी.लगायतको उपस्थिति रहेको थियो ।

2.jpeg