२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

सत्यतथ्य बाहिर ल्याए मात्र मिडियाप्रति जनताको विश्वास बढ्छ : मन्त्री पाण्डेय

मंगलवार , जेठ १६, २०८०

रुपन्देही, १६ जेठ ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले मिडियाले सत्यतथ्य कुरा बाहिर ल्याउन सके मिडियाप्रति जनताको विश्वास बढ्दै जाने बताए । दाङको भालुवाङमा अनलाइन मिडिया सम्पादन अभिवृद्वि प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पाण्डेयले अनलाइन मिडियाले विशेष ध्यान दिनुपर्ने बताए । 

उनले मिडियामैत्री बजेट ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । ‘अहिले बजेटको सिलिङ गर्ने काम जारी छ । बजेटमा लुम्बिनी प्रदेशका अनलाइन मिडिया हाउस र पत्रकारहरुका माग सकेसम्म सबै समेटिनेछ ,’उनले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासङ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरीले प्रदेशले अबको बजेटमा मिडियालाई विशेष प्राथमिकता दिएर बजेट खर्चको कार्यविधि समयमै बनाउनुपर्ने बताए ।

प्रशिक्षण कार्यक्रम जेठ  १९ गतेसम्म सञ्चालन हुने नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले बताए ।