२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा न्यौपाने

मंगलवार , जेठ १६, २०८०

बुटवल, १६ जेठ ।
विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन आइतबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले ज्योतिष जनार्दन न्यौपानेको सभापतित्तमा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । 

महासंघको उपसभापतिमा मनोहर घिमिरे, हरि पाण्डे, चेतनारायण सुवेदी, महासचिवमा कमल पौडेल, उप–महासचिवमा चिरञ्जिवी पौडेल, डेमकुमारी अर्याल, विपिन भण्डारी, सचिवमा ज्ञानेन्द्र पन्त, सह–सचिवमा लक्ष्मी कंडेल, संगठन सचिवमा विष्णु गौतम, प्रचार सचिवमा नविन सुवेदी, कोषाध्यक्षमा बसन्त पौडेल र सह–कोषाध्यक्षमा बासुदेव मरासिनी चयन भएका छन् । 

त्यस्तै सदस्यहरुमा लक्ष्मी भण्डारी, कुरेस पाण्डे, खेमराज मण्डारी, गोविन्द बस्याल, लक्ष्मीनारायण सुवदी, राजन कार्की, शिवहरी मरासिनी र कृष्णराम पौडेल चयन भएका छन् ।

कार्यक्रममा बोल्दै जननिर्वाचित अध्यक्ष जनार्दन न्योपानेले वर्तमान समयका ज्योतिषहरुले पुरातन तरिकाले श्लोक मात्र रटेर फलादेश गर्नु भन्दा वर्तमान समयका प्रविधि, ज्ञान र विषयवस्तुको पनि अध्ययन गर्दै युगानुकुल बन्नुपर्नेमा जोड दिए ।

त्यस्तै विश्व हिन्दू महासंघ लुम्बिनी प्रदेशका सचिव पण्डित कमलकान्त पाडेलले वर्तमान समयमा समाजमा बढ्दै गइरहेको अनियमित कर्मकाण्ड विधिप्रति सरोकारवालाहरुको ध्यान जानुपर्ने बताए । 
बाबा योगिराजले ज्योतिष एवं कर्मकाण्ड गर्ने पुरोहितहरुले गौदानको पैसा गौ संरक्षणका लागि छुट्याइदिनुपर्ने बताए । 

विश्व ज्योतिष महासंघका उपमहासचिव चिन्तामणि पोख्रेलको प्रमुख आतिथ्यता, विश्व ज्योतिष महासंघ नेपाल राष्ट्रिय समितिका सभापति कृष्ण अर्याल, गौ संरक्षण महासंघका संयोजक बाबा योगिराज, योगाचार्य कमल पौड्याल, जीवन विज्ञान एवं शिक्षा विकास वृत्त संयोजक लुम्बिनी प्रदेशका हरि पोख्रेल, विश्व हिन्दू महासंघ लुम्बिनी प्रदेश सचिव पं. कमलकान्त पौडेल, वैदिक धर्म परिषद्का पुरुषोत्तम पाण्डे तथा विश्व ज्योतिष महासंघका केन्द्रिय सदस्य बलराम लम्सालको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सुन्दर भण्डारीले गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गत १२ जिल्लाका करिब १ सय जना ज्योतिष, धार्मिक एवं आध्यात्मिक व्यक्तिहरुको उपस्थिति रहेको महासंघले जनाएको छ ,