२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

सिद्धार्थनगर सिटी हस्पिटलमा रक्तदान, ३५ युनिट रगत संकलन

सोमवार , जेठ १५, २०८०

भैरहवा, १५ जेठ ।
सिद्धार्थनगर सिटी हस्पिटल र मञ्जुश्री फाइनान्सको संयुक्त आयोेजनामा सिद्धार्थनगर सिटी हस्पिटल, भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा सोमबार भएको कार्यक्रममा ३५ युनिट रगत संकलन भएको हस्पिटलले जनाएको छ । 

बिरामीको सेवालाई मध्यनजर गर्दै पटकपटक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आइरहेको र मञ्जुश्री फाइनान्ससंग सहकार्य गरी पहिलोपटक रक्तदान गरेको हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।

कार्यक्रममा हस्पिटलले निरन्तर रक्तदान गरिरहने ७ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा अनुप थापा, प्रमोद सिंह थापा, जय श्याम नाउँ, निर्मल कार्की, राममिलन पासी, रामशरन खटिक र हेमन्त त्रिपाठी रहेका छन् । सम्मानितमध्ये खटिक र त्रिपाठी हस्पिटलमा कार्यरत कर्मचारी हुन् ।

WhatsApp Image 2023-05-29 at 5.09.57 PM.jpeg

हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलको अध्यक्षता, रेडक्रस सोसाइटी रुपन्देही शाखा सभापति दीपक क्षेत्री न्यौपानेको प्रमुख आतिथ्यता, हस्पिटलका अध्यक्ष डा. सुवोध कुमार पाण्डे, मञ्जुश्री फाइनान्स योगिकुटी शाखा प्रमुख प्रमुख पुजा घिमिरे, हस्पिटलका निर्देशक डा. अमित चर्तुवेदीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

हस्टिपलका निर्देशक डा. अमित चर्तुवेदीको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सम्झना नेपालले गरेकी थिइन् ।