images

शनिवार, बैशाख १५ गते २०८१

भैरहवा सिद्धार्थ परिवार, युकेद्वारा पक्लिहवा माविलाई पंखा हस्तान्तरण

भैरहवा सिद्धार्थ परिवार, युकेद्वारा पक्लिहवा माविलाई पंखा हस्तान्तरण

images
images
images
आइतवार, जेठ १४ २०८०
आइतवार, जेठ १४ २०८०
  • भैरहवा सिद्धार्थ परिवार, युकेद्वारा पक्लिहवा माविलाई पंखा हस्तान्तरण

    भैरहवा, १४ जेठ ।
    भैरहवा सिद्धार्थ परिवार, यु.के. ले श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नम्बर १ पक्लिहवालाई २० थान पंखा हस्तान्तरण गरेको छ । संस्थाले आइतबार एक कार्यक्रमकाबीच विद्यालयलाई पंखा हस्तान्तरण गरेको हो ।

    images

    कार्यक्रममा सिद्धार्थनगर निवासी तर हाल युके बसोवास गर्ने भैरहवावासीहरुले समाजसेवी शर्मिला हिराचनको नेतृत्वमा संकलन गरेको सहयोग राशी करिब ५० हजार रुपैयाँ बराबर २० थान पंखा हस्तान्तरण गरिएको विद्यालयका शिक्षक देवी प्रसाद न्यौपानेले बताए ।

    पंखा हस्तान्तरण गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले विद्यालयमा पढ्न आउने बालबालिका निम्न आय भएका अधिकांश ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई सुविधायुक्त वातावरणमा शिक्षण सिकाई सहज गराउने नगरको भावी कार्ययोजना रहेको बताए ।

    त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गले सामुदायिक विद्यालयहरुमा आम्दानीको अन्य स्रोतहरु नरहेको र सरकारबाट बजेटको नाममा मासिक रुपमा कार्यरत शिक्षकहरुलाई तलब सुविधा मात्र आउने बताए ।

    उनले दैनिक कार्यालय सञ्चालन, मर्मत तथा अन्य व्यवस्थापनका लागि कठिन भएकोले विद्यालय सहज सञ्चालन गर्न नियमित ठोस स्रोतका लागि स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गको अध्यक्षता, नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको स्वागत तथा शिक्षिका गीता पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजसेवी तथा शिक्षाप्रेमी रुपमा हिराचन, युवा समाजसेवी ओम कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

    6.jpg

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष रमेश मल्ल, वडा नम्बर ६ का वडा सदस्य अनिल कुमार के.सी., युवा समाजसेवी लेखनाथ भट्टराई, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार याम बहादुर थापा, सदस्य सीतादेवी राजभर, सदस्य सलुजा रामदाम, विश्व सेन्चुरी, समाजसेवी विनोद राना, बहिरा बाल विद्यालयका प्रधानाध्यापक भिम बहादुर थापा, विनोद कुमार लगायतको उपस्थिति रहेको थियो । 

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij