images

शुक्रवार, बैशाख १४ गते २०८१

सिद्धार्थनगर–२ मा निःशुल्क दन्त शिविर, १५० बढी लाभान्वित

सिद्धार्थनगर–२ मा निःशुल्क दन्त शिविर, १५० बढी लाभान्वित

images
images
images
आइतवार, जेठ १४ २०८०
आइतवार, जेठ १४ २०८०
  • सिद्धार्थनगर–२ मा निःशुल्क दन्त शिविर, १५० बढी लाभान्वित

    भैरहवा, १४ जेठ ।
    सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ को आयोजना तथा आधुनिक समाज डेण्टल केयर प्रा.लि. बुटवल, रुपन्देहीको प्राविधिक सहयोगमा एकदिने निःशुल्क दाँत, मुख र गिजा रोग परीक्षण तथा परामर्श शिविर शनिबार सम्पन्न भएको छ । सिद्धार्थनगर–२ स्थित मेउडिहवा आधारभूत विद्यालयमा भएको शिविरमा १५० जना बढीले सेवा प्राप्त गरी लाभान्वित भएको वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले बताए । 

    images

    वडाबासीलाई घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविरको आयोजना गरिएको श्रीवास्तवले बताए । ‘शिविरमा दाँत, मुख, गिजा रोग परीक्षण, एक्स–रे तथा आवश्यक औषधी निःशुल्क रुपमा वितरण गरिएको छ । उनले भने, ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जाहेर गर्दछौं । ’ यसअघि निःशुल्क आँखा परीक्षण शिविर, स्तन क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम पनि गरिसकिएको उनको भनाइ छ ।

    आधुनिक समाज डेण्टल केयर प्रा.लि.का प्रबन्ध निर्देशक तथा स्वस्थ मुख अभियान नेपालका अध्यक्ष अमृत भुसालले विगत २० वर्षदेखि आधुनिक समाज डेण्टल केयर प्रा.लि.ले दाँत तथा मुख रोगसम्बन्धि उपचार गर्दै आएको बताए । उनले गत वर्ष लुम्बिनी प्रदेशमा ५० हजार जना बढीलाई दाँत तथा मुख सम्बन्धी रोगको निःशुल्क उपचार तथा निःशुल्क औषधी वितरण गरिएको बताए । उनले भने, ‘सही तरिकाले ब्रस गर्न पनि सिकाइरहेका छौं । ’शिविरमा प्राविधिक सहयोग गर्न अवसर प्रदान गर्ने सिद्धार्थनगर नगरपालिका र वडा नम्बर २ लाई उनले धन्यवाद दिए ।

    IMG_8207.JPG

    शिविरमा खटिएका चिकित्सकले बच्चादेखि वृद्धसम्मको दाँत तथा मुखरोगसम्बन्धी परीक्षण गरिएको जानकारी दिएका छन्। बालबालिकाका दाँत किराले खाएको र उपचार नहुँदा गाला सुन्निने समस्या देखिएको चिकित्सकले जनाएका छन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij