२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

लिडरसीप तालिमको ७१ औं सप्ताह पूरा, सहभागी लाभान्वित

शनिवार , जेठ १३, २०८०

भैरहवा, १३ जेठ ।
नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले भैरहवामा गत २ वर्षदेखि नियमित लिडरसीप स्किल्स डेभलपमेन्ट तालिम कक्षा सञ्चालन हुँदै आएको छ । प्रत्येक हप्ताको शनिबार आयोजना हुने उक्त तालिम कक्षाले ७१ औं श्रृंखला सम्पन्न गरेको कार्यक्रमका उपाध्यक्ष सिद्धार्थ फार्माका महाप्रबन्धक भोजराज बस्यालले बताए ।

तालिममा विभिन्न पेशामा आबद्ध व्यक्तिहरु सहभागी हुने गर्दछन् । माइक अगाडी उभिएर बोल्दा डराउने र भुल्ने व्यक्तिहरुका निम्ति यो तालिम लाभदायक रहेको मंचका रुपमा रहेको कार्यक्रमका सभापति बुद्ध सामुदायिक सेवा समाजका अध्यक्ष श्रीचन्द जयसवालले जानकारी गराए ।

यसअघि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सभाकक्षमा ६५ औ श्रृंखलासम्म तालिम कक्षा चलेको थियो । उक्त तालिम अहिले होटेल पवन इन्टरनेशनल भैरहवामा सञ्चालन हुँदै आएको छ । 

‘सहभागीको स्वेच्छिक सहयोगबाट तालिम सञ्चालन हुँदै आएको छ । यसलाई नमस्ते सोयाबिन तेल ब्राण्डले प्रोत्साहन पनि  गरेको छ, ’ कार्यक्रमका सहभागी मुनलाइट बोर्डिङ सञ्चालक त्रिलोकी गुप्ताले भने ।

जेठ १३ गते सञ्चालित तालिममा प्रमुख अतिथि लेखा तथा प्राविधिक विज्ञ जी. एन. चापागाई रहेका थिए । तालिमले भैरहवा र भैरहवा आसपासका व्यक्तिहरुलाई यो तालिमले सुनौलो अवसर प्रदान गरेकोले यसको आकर्षण बढ्दै गएको अनुभव सुनाए ।

व्यवसायी  गौरव श्रेष्ठले सहभागीका प्रस्तुतिमाथि टिप्पणी गरेका थिए । सिद्धार्थनगर लायन्सका पदाधिकारी कुलचन्द्र गौतम, मुनलाइट स्कूलका सञ्चालक त्रिलोकी गुप्ता, व्यवासायीहरु मुकेश अग्रवाल, सामाजिक अगुवा मदन प्रसाद पौडेल, घनश्याम वेलवासे, गोपाल भण्डारी, रामकृष्ण ठाकुर, अन्तर्राष्ट्रिय उत्प्रेरक कार्यक्रमका समन्वयकर्ता कृष्ण साह कानुले समूहगत छलफल गरी धारणा राखेका थिए ।   

तालिमको प्रस्तुति प्रशिक्षक विजय पाण्डेले नियमितरुपमा गर्दै आइरहेका छन् । विजय पाण्डे उत्प्रेरक वक्ताका रुपमा पनि चिनिन्छन् । लुम्बिनी प्रेस क्लबका आजीवन सदस्य पाण्डे सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व महासचिव हुन् । यो कार्यक्रम न्युनतम सय सप्तासम्म सञ्चालन हुने प्रशिक्षक विजय पाण्डेले जानकारी दिए ।

इच्छुक जोसुकै पनि कार्यक्रममा जोडिन सक्ने तालिमका प्रस्तोता विजय पाण्डेले बताए । शुल्क तिर्न नसक्ने पनि तालिममा सहभागी हुनबाट वञ्चित नपरोस्  भन्ने उद्देश्य रहेको पाण्डेको भनाइ छ । 

विपश्यना शिक्षा १० मिनेटको आनापान ध्यानबाट सुरु हुने उक्त तालिम बिहान ठिक ८.३० बजे सुरु हुने कार्यक्रम सञ्चालक सलुजा रामदामले बताइन् ।