२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

दाङमा जीपले ठक्कर दिँदा स्कुटर चालकको ज्यान गयो

बिहिवार , जेठ ११, २०८०

दाङ, ११ जेठ ।
दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

जीपको ठक्करबाट सख्त घाइते भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए । 

बिहीबार बिहान १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नम्बरको जिपले सोही दिशातर्फ गइरहेको रा ७ प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो । 

शिक्षिका सीता शान्तिनगरस्थित धनौरी माविमा पढाउँथिन् । उनलाई विद्यालयमा  जाने जाने क्रममा जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।