images

शुक्रवार, बैशाख ७ गते २०८१

संस्कृति संरक्षणबाट पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ : मन्त्री पाण्डेय

संस्कृति संरक्षणबाट पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ : मन्त्री पाण्डेय

images
images
images
मंगलवार, जेठ ९ २०८०
मंगलवार, जेठ ९ २०८०
  • संस्कृति संरक्षणबाट पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ : मन्त्री पाण्डेय

    भैरहवा, ९ जेठ ।
    लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले संस्कृतिको संरक्षणबाट पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताएका छन् । उनले साँस्कृतिक मेलामार्फत पर्यटन प्रवर्द्धन गर्न सकिने बताए ।

    images
    images
    images

    मंगलबारदेखि पश्चिम नवलपरासीको परासीमा सुरु भएको प्रथम रामग्राम साँस्कृतिक मेला–२०८० को उद्घाटन गर्दै मन्त्री पाण्डेयले संस्कृति, संस्कारको संरक्षणका लागि साँस्कृतिक मेला आयोजना गर्नु महत्वपूर्ण कार्य रहेको बताए । उनले भने, ‘यसले संस्कृति संस्कारको रक्षा र प्रचारप्रसारमा बढावा दिन्छ । ’

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले बुद्ध जन्मस्थल लुम्बिनीका साथै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्रामलाई जोडेर यसको प्रचारप्रसार र विकासमा लाग्नुपर्ने बताए । उनले लुम्बिनी प्रदेश सरकारले संस्कृति संरक्षणको संरक्षणमार्फत पर्यटनको विकासलाई ध्यान दिने बताए । गौतमबुद्धले शान्तिको सन्देश फैलाएझै मानिस पनि बुद्धको सन्देशको बाटोमा हिंड्नुपर्ने उनको भनाइ छ । अब जाती, पार्टीभन्दा माथि उठ्नुपर्ने मन्त्री पाण्डेयले बताए । पर्यटनलाई मात्रै पनि व्यवस्थित गर्न सके नेपाल आर्थिक रुपमा सम्पन्न हुने उनले बताए ।

    रामग्राम नगरपालिका वडा नम्बर २  कार्यालयको आयोजना तथा जय माता दी एम्युजमेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा. लि को व्यवस्थापनमा रामग्राम नगरपालिका–२ स्थित हाटबजारमा मेलाको आयोजना गरिएको हो । मेला जेठ २० गतेसम्म सञ्चालन हुनेछ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij