
मंगलवार , जेठ ९, २०८०
भैरहवा, ९ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारविरुद्ध भैरहवामा विरोध र्याली निकालेको छ । ‘भ्रष्टाचारविरुद्ध एक हौं । भ्रष्टाचार ढाकछोपविरुद्ध सचेत बनौं’ भन्ने नाराका साथ रास्वपा सिद्धार्थनगर समितिले मंगलबार र्याली निकालेको हो ।
भैरहवाको बुद्धचोकबाट निस्केको र्याली मिलनचोक, देवकोटाचोक हुँदै पुनः बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको पार्टीका सिद्धार्थनगर नगर समिति संयोजक सुमन न्यौपानेले बताए । र्यालीमा सहभागीहरुले मान्छे बेच्न पाइँदैन, भ्रष्टाचारी चाहिदैनलगायतका नारा लगाएका थिए ।
कोणसभामा बोल्दै रास्वपा लुम्बिनी प्रदेश अभियान तथा प्रचार प्रसार प्रमुख महेन्द्र प्रसाद उपाध्याय, प्रदेश सदस्य जीत बहादुर गुप्ता (शेखर) गुप्ता, रुपन्देही जिल्ला संयोजक प्रकाश ज्ञवाली र लुम्बिनी प्रदेश इञ्चार्ज गणेश पौडेलले नेपालबाट भ्रष्टाचारलाई निमूल पार्नुपर्ने बताए । नेताहरुले भ्रष्टाचारमा संलग्नलाई कडा कारवाही हुनुपर्ने माग गरे । रास्वपा सिद्धार्थनगर नगर समितिका संयोजक सुमन न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
तस्विरहरु : मोहम्मद अयुब/खबरपात्रो
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij