२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

६ दिने सीपमूलक तालिम सुरु

सोमवार , जेठ ८, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, ८ जेठ ।
    लियो क्लब अफ भलवारी युथको आयोजना तथा नेपथ्य कलेसको प्राविधिक सहयोगमा ६ दिने सीपमूलक तालिम (वर्डप्रेस टे«निङ) सुरु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित जनभावना माविबाट तालिम सुरु भएको आयोजकले जनाएको छ ।

    लियो क्लब अफ भलवारी युथका अध्यक्ष युवराज भट्टराईको अध्यक्षता, जनभावना माविका प्रधानाध्यापक शम्भु प्रसाद पराजुलीको प्रमुख आतिथ्यता, नेपथ्य कलेजका शिक्षक गणेश पराजुली, अरुण शाहीको विशिष्ट आतिथ्यता, जनभावनका शिक्षक सालिकराम भुसालको आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रम सञ्चालन क्लबका सचिव आकर्षक बस्यालले गरेका थिए । तालिम हरेक हप्ता नयाँ विद्यालयमा सञ्चालन गर्ने आयोजकको भनाइ छ ।