
सोमवार , जेठ ८, २०८०
भैरहवा, ८ जेठ ।
लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पुनः प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ता (सी.के.) ले पाएका छन् । अघिल्लो लिला गिरी मुख्यमन्त्री नेतृत्वको सरकारमा समेत उनले सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
गुप्तालाई सोमबार मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका हुन् । जनमत पार्टी नेपाल संसदीय दलका नेतासमेत रहेका पाण्डेय २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित भएका थिए ।
गुप्तासहित नवनियुक्त मन्त्रीहरुले केही बेरमा प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुख अमिक शेरचनका प्रेस सल्लाहकार गुनाराम घिमिरेले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij