२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

प्यूठानमा वनको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट

सोमवार , जेठ ८, २०८०

प्यूठान, ८ जेठ । 
वनमा लागेको डढेलोको बस्तीमा पस्दा ११ घर जलेर नष्ट भएका छन् ।  प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङस्थित जंंगलमा लागेको डढेलो बस्तीमा पसेपछि सो आगलागीमा परेर ११ घर जलेर नष्ट भएका हुन ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार आइतबार साँझ नजिकको धाइरेनी सामुदायिक वनमा सल्किएको आगो नजिकको मानवीय बस्तीमा पस्दा ११ घर तथा ८ गोठ जलेर नष्ट हुन पुगेको हो ।

सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा घर र गोठ जले पनि मानवीय क्षतिको भने कुनै जानकारी प्राप्त भइसकेको छैन । यद्यपी, स्थानीयसहित नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रण लिइएको छ । सो आगलागीबाट कति क्षति भयो ? त्यसको मूल्यांकन गर्ने कार्य भइरहेको जनाइएको छ ।