images

शुक्रवार, चैत्र १६ गते २०८०

उद्योग व्यवसायमैत्री वातावरण निर्माण गर्न व्यवसायीको माग

उद्योग व्यवसायमैत्री वातावरण निर्माण गर्न व्यवसायीको माग

images
images
images
सोमवार, जेठ ८ २०८०
सोमवार, जेठ ८ २०८०
  • उद्योग व्यवसायमैत्री वातावरण निर्माण गर्न व्यवसायीको माग

    भैरहवा, ८ जेठ ।
    राज्यले स्वदेशमै उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन व्यवसायीहरुले माग गरेका छन् । उद्योगी व्यवसायमैत्री वातावरण निर्माण गरे मात्र यहाँका उद्योग व्यवसाय राम्रोसँग सञ्चालन हुन सक्ने उनीहरुको भनाइ छ । 

    images
    images
    images

    अध्ययन अवलोकन भ्रमण तथा अन्तरचेम्बर भेटघाट कार्यक्रम अन्तर्गत शनिबार पाल्पा पुगेको चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को टोलीलाई पाल्पा व्यापार संघ (पाल्पा चेम्बर अफ कमर्स) तानसेन, पाल्पाले गरेको स्वागत तथा भेटघाट कार्यक्रममा व्यवसायीहरुले यस्तो धारणा राखेका हुन् ।

    कार्यक्रममा लुम्बिनी चेम्बर अफ कमर्सका सचिव तथा पाल्पा व्यापार संघका निवर्तमान अध्यक्ष चिरिञ्जवी पोखरेलले विशेष गरी साना उद्योगी व्यवसायीका समस्या सम्बोधनका लागि खासै पहल नभएपछि व्यापार संघ दर्ता गरिएको बताए । उनले राज्यले व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्नेमा जोड दिए । उनले भने, ‘सरकारका कतिपय नीतिले उद्योगी व्यवसायी मारमा परेका छन् । राज्यले स्वदेशमै उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्छ । ’ उनले कोभिड–१९ महामारीमा पाल्पा व्यापार संघले अझ बढी सक्रियताका साथ काम गरेको बताए । पाल्पा जिल्लामा रानीमहल, भैरवानाथ मन्दिर, रानीमहल, श्रीनगर, पाल्पा दरबार संग्राहलयलगायत पर्यटकीय स्थलहरु रहेकाले पाल्पा–रुपन्देहीबीच अझ बलियो सम्बन्ध स्थापना गर्नुपर्ने बताए । 

    त्यस्तै चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले संस्थाले मेला महोत्सव, दशैं सस्तो बजार, सडक खाना महोत्सवलगायत विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । उनले वार्षिक कार्ययोजना अन्तर्गत अध्ययन अवलोकन भ्रमण तथा अन्तर चेम्बर भेटघाट कार्यक्रम गरिएको र यसले चेम्बर अफ कमर्सहरुबीच सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरे । उनले भने, ‘साझा सवालमा एकताबद्ध भएर आवाज उठाउनुपर्छ । ’ उनले गौतमबुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्न पाल्पा व्यापार संघलाई आग्रह गरे ।

    पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्यालले संस्थाले व्यवसायीको मनोबल बढाउने गरी अघि बढेको बताए । उनले भने, ‘व्यापार व्यवसाय राम्रोसँग सञ्चालन हुन सकेको छैन । संगठित रुपमा आवाज उठाउनुपर्छ । ’उनले पाल्पा व्यापार संघले जनजीविकाको सवालमासमेत आवाज उठाउँदै आएको बताए । अध्यक्ष बस्यालले चेम्बर अफ कमर्स, रुपन्देहीको टोलीलाई पाल्पामा स्वागत गर्न पाउँदा हर्षित भएको बताए ।

    IMG_7800.JPG
    undefined

    पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्यालको अध्यक्षता, लुम्बिनी चेम्बर अफ कमर्सका सचिव चिरिञ्जवी पोखरेलको प्रमुख आतिथ्यता, पाल्पा व्यापार संघका द्वितीय उपाध्यक्ष पशुपति बस्यालको स्वागत तथा सचिव बालकृष्ण भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सोही क्रममा चेम्बर अफ कमर्स, रुपन्देहीको टोलीले पाल्पा दरबार संग्रहालयको अवलोकन गरेको महासचिव सचिन रोक्काले बताए ।

    IMG_7809.JPG

    अध्ययन अवलोकन भ्रमण तथा अन्तर चेम्बर भेटघाट कार्यक्रमका लागि चेम्बर अफ कमर्स, रुपन्देहीको टोली चैत ३ गते भैरहवादेखि गोरखा प्रस्थान गरेको भ्रमण संंयोजक तथा संस्थाका उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीले बताए । टोली चैत ६ गते शनिबार भैरहवा फर्किएको संगठनका सचिवालय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij