२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

एचआइभीबाट ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्जवलन

सोमवार , जेठ ८, २०८०

भैरहवा, ८ जेठ ।
एचआइभी/एड्सको संक्रमणबाट ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्जवलन गरिएको छ । ४० औं अन्तर्राष्ट्रिय मैनबत्ती दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिकाको आयोजना र विभिन्न संघ–संस्थाको सहकार्यमा आइतबार सांझ भैरहवास्थित बुद्धचोकमा दीप प्रज्जवलन गरिएको हो ।

कार्यक्रममा एचआइभी संक्रमणबाट ज्यान गुमाउनेको सम्झनामा एक मिनेट मौन धारण गरिएको नमूना एकीकृत विकास परिषद् रुपन्देही अन्तर्गत एपीक नेपाल परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत राजन गुप्ताले बताए ।

त्यस्तै बुटवल उपमहानगरपालिकाको आयोजनामा र विभिन्न संघ–संस्थाको सहकार्यमा बुटवलस्थित देवीनगर मा दीप प्रज्जवलन गरिएको छ । भैरहवामा एक्लोलाई सहारा दिने वृक्ष समूहका मनिला न्यौपानेले र बुटवलमा एनपीएन लुम्बिनी प्रदेश संयोजक अर्जुन ज्ञवालीले दीप प्रज्जवलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

बुटवलमा आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले एचआइभी एड्सविरुद्ध भेदभाव अन्त्य गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए ।

‘बलियो समुदाय निर्माणका लागि माया र ऐक्यवद्धता फैलाऔं’ भन्ने नाराकासाथ ४० औं अन्तर्राष्ट्रिय मैनबत्ती दिवस मनाइएको नमूना एकीकृत विकास परिषद् रुपन्देही अन्तर्गत इपीक परियोजनाका कार्यक्रम संयोजक सुमितराज भण्डारीले जानकारी दिए ।