२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

जन्मदिनको अवसरमा अनाथ आश्रममा सहयोग

सोमवार , पौष २७, २०७७

भैरहवा, २७ पुस ।
जन्मदिनको अवसर पारेर नेपाल तरुण दल रुपन्देहीका जिल्ला सदस्य विजय गुरुङले तिलोत्तमा नगरपालिका–६ स्थित रामचन्द्र मैनादेवी अनाथ आश्रमलाई सहयोग गरेका छन् । तिलोत्तमा–४ निवासी गुरुङले आश्रमलाई चामल, कापी, आलु, सोयाबीन, स्टेशनरी सामाग्री प्रदान गरेका छन् ।

युवा सजकता अभियानका केन्द्रीय सदस्य समेत रहेका गुरुङले दुईवटा मृगौलाका विरामीहरुलाई नगद ५/५ हजार र प्यारालाइसिसका एक जना विरामीलाई ५ हजार उपलब्ध गराएका छन् । जन्मदिनमा आश्रमलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले सामाग्री प्रदान गरेको उनले बताए । जन्मदिनमा आश्रम र विरामीलाई सहयोग गर्ने प्रशंसनीय रहेको युवा समाजसेवी सुरज उपाध्याय बताउँछन् ।