images

सोमवार, बैशाख १७ गते २०८१

भैरहवामा एकमहिने निःशुल्क कम्प्युटर तालिम सम्पन्न

भैरहवामा एकमहिने निःशुल्क कम्प्युटर तालिम सम्पन्न

images
images
images
सोमवार, जेठ ८ २०८०
सोमवार, जेठ ८ २०८०
  • भैरहवामा एकमहिने निःशुल्क कम्प्युटर तालिम सम्पन्न

    भैरहवा, ८ जेठ ।
    रोट्र्याक्ट क्लब अफ भैरहवाद्वारा सञ्चालित एकमहिने निःशुल्क बेसिक कम्प्युटर तालिम आइतबार सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री भानु माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क तालिम सञ्चालन गरिएको कार्यक्रम संयोजक जीवन आचार्यले बताए । तालिम गत वैशाख ४ गतदेखि सुरु भएको क्लबका सचिव गोविन्द प्रसाद सापकोटाले जानकारी दिए ।

    images

    समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा रोटरी डिष्ट्रिक ३२९२ का पब्लिक ईमेज को–चेयर राजकुमार गुप्ताले रोट्र्याक्ट क्लब अफ भैरहवाले तालिम सञ्चालन गरी विद्यार्थीलाई कम्प्युटरसम्बन्धि शिक्षा दिनु सराहनीय रहेको बताए । उनले औपचारिक शिक्षासँगै मानिसलाई सीप आवश्यक रहेको बताए ।

    त्यस्तै श्री भानु माविका प्रधानाध्यापक मोतिलाल सुवेदीले रोट्र्याक्ट क्लब अफ भैरहवाले परीक्षा सुरु हुनुअघि नै कार्यक्रमको बारेमा जानकारी दिएको बताए । उनले एसईई परीक्षा दिएका ५८ जना विद्यार्थीमध्ये कोही घरबाहिर बसेर पढेका कारण तालिममा २० जना सहभागी भएको जानकारी दिए । यस्ता कार्यक्रमले विद्यार्थीले खाली बस्नु भन्दा सीप सिक्नमा प्रेरित हुनु विद्यार्थीको लागि उपयोगी हुने बताए ।

    रोट्र्याक्ट क्लब अफ भैरहवाले विद्यार्थीलाई सहज भएकोमा रोट्र्याक्ट क्लब अफ भैरहवालाई धन्यवाद दिएका थिए । 

    रोट्र्याक्ट क्लब अफ भैरहवाका अध्यक्ष अंकित पौडेलले यस कार्यक्रमलाई सफल पार्न कार्यक्रम संयोजक जीवन आचार्य, उनलाई साथ दिने नोबेल आचार्य र कार्यक्रम सञ्चालनका लागि सहयोग गर्ने मेरो स्टोर, बुटवलका प्रोप्राइटर श्याम क्षेत्रीलाई धन्यवाद दिए । 

    त्यस्तै हालै सम्पन्न कक्षा १२ को परीक्षा दिएर बसेको विद्यार्थीलाई लेखासम्बन्धी तालिममा सहभागी हुन इच्छुक विद्यार्थी भए तालिम सञ्चालन गर्न क्लब तत्पर रहेको उनको भनाइ छ ।

    रोट्र्याक्ट क्लब अफ भैरहवाको सह–सचिव आकृती पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा जोन १८ का जेडआरआर इलेक्ट लक्ष्मण रेग्मी, रोट्याक्ट क्लब अफ भैरहवाका निर्वाचित अध्यक्ष आशिक श्रेष्ठ, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij