images

सोमवार, बैशाख १७ गते २०८१

काशीका दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान 

काशीका दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान 

images
images
images
आइतवार, जेठ ७ २०८०
आइतवार, जेठ ७ २०८०
  • काशीका दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान 

    भैरहवा, ७ जेठ ।
    काशी नोबल एकेडेमी सिद्धार्थनगर–१२, जनकपथ रुपन्देहीबाट शैक्षिक सत्र–२०७९ को आधारभूत तह परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा प्राप्त गर्न सफल दुईजना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

    images

    छात्रतर्फ सबल अधिकारी र छात्रातर्फ सलिना पाण्डेलाई काशी तारा इञ्जिनियर.सविन पहारी स्मृति अक्षयकोषबाट छात्रवृति स्वरुप जनही नगद १५ हजार ५ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ  ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम जैसीको अध्यक्षतामा भएको कार्यक्रममा स्मृति अक्षयकोषका संरक्षक शिवप्रसाद पहारीले घटना र प्रक्रियाका बारेमा प्रकाश पारेका थिए । उनले विद्यार्थीमा हौसला जगाउन यो अक्षयकोषले टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

    कक्षा नर्सरीदेखि कक्षा ८ सम्म काशी नोबलमा अध्ययन गरेका आफ्ना सुपुत्र सविन पहारीको नाममा सो अक्षयकोष स्थापना गरेको उनले बताए ।

    कार्यक्रममा अभिभावककोतर्फबाट नगेन्द्र पाण्डेले बोलेका थिए । आइतबार वितरण गरिएको छात्रवृत्ति दोस्रोपटक वितरण गरिएको विद्यालयले जनाएको छ ।

    विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको स्वागत तथा सहायक प्राचार्य श्री रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij