images

सोमवार, बैशाख १७ गते २०८१

भैरहवामा नेतृत्व विकासमा ध्यानको महत्व विषयक प्रशिक्षण

भैरहवामा नेतृत्व विकासमा ध्यानको महत्व विषयक प्रशिक्षण

images
images
images
आइतवार, जेठ ७ २०८०
आइतवार, जेठ ७ २०८०
  • भैरहवामा नेतृत्व विकासमा ध्यानको महत्व विषयक प्रशिक्षण

    भैरहवा, ७ जेठ ।
    भैरहवामा नेतृत्व विकासमा ध्यानको महत्व विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भारतको बेंगलोरबाट आएकी द आर्ट अफ लिभिङकी वरिष्ठ शिक्षक साधवी आशा दिदीले यसवारे प्रशिक्षण दिएकी हुन् । 

    images

    प्रत्येक सप्ताहको शनिवार आयोजना हुने लिडरशिप स्किल्स डेभलपमेन्टको ७० औं श्रृंखलामा नेतृत्वका निम्ति मेडिटेसनको आवश्यकता सन्दर्भमा अन्तरक्रिया समेत भएको कार्यक्रमका अध्यक्ष सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य अर्पित अग्रवालले बताए ।

    तालिम २०७८ सालदेखि साप्ताहिक रुपमा नियमित सञ्चालन हुँदै आएको छ । तालिम कक्षाले व्यक्तिभित्र रहेको नेतृत्वको क्षमतालाई प्रस्फुटन गरेको कार्यक्रमका प्रमुख अतिथि सामाजिक अगुवा आनन्दप्रसाद न्यौपानेले बताए । यसअघि सिद्धार्थ उद्योग वाणिज्य संघको सभा कक्षमा संचालित उक्त तालिम अहिले होटेल पवन इन्टरनेसनल भैरहवामा सञ्चालन हुँदै आएको छ ।

    तालिममा उद्योगी–व्यवसाय, पेशाकर्मी लगायत विभिन्न संघ–संस्थामा आबद्ध सामाजिक अगुवाहरु, स्थानीय जनप्रतिनिधिहरुसहित ३४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको कार्यक्रम सञ्चालक तथा लायन्स क्लब अफ सिद्धार्थनगरका सचिव कुलचन्द्र गौतमले बताए । 

    तालिममा प्रशिक्षार्थीहरु सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव मंगल भण्डारी, कार्यसमिति सदस्य विशाल जयसवाल, लेखापरीक्षक जीएन चापागाई, सिद्धार्थ फर्मास्युटिकल्सका महाप्रबन्धक भोजराज बस्याल, मारवाडी सेवा समिति, सिद्धार्थनगरका कार्यसमिति सदस्य व्यवसायी हरिश सेठिया, पर्यटन व्यवसायी संजीव जोशी, उत्प्रेरक कार्यक्रम प्रस्तोता तथा जिनियस बिज लाइफका प्रवन्ध सञ्चालक कृष्ण साह, सिद्धार्थनगर सिटी हस्पिटलकी निशा खनालले मन्तव्य राखेका थिए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विररेन्द्र ज्ञवालीले व्यवस्थापन गरेको तालिममा स्वागत मन्तव्य सिर्जना जोशीले गरेकी थिइन् भने सञ्चालन लायन्स क्लब अफ सिद्धार्थनगरका कुलचन्द्र गौतमले गरेका थिए ।
    तालिममा १२ वर्षीय मान्यता भण्डारी उत्कृष्ट प्रशिक्षार्थी भई पुरस्कृत भएको तालिममा निर्णायकको भूमिकामा रहेका मुनलाइट बोर्डिङ स्कूलका बोर्ड सदस्य तथा उद्योगी त्रिलोकी प्रसाद तेलीले बताए ।

    विगत २ वर्षदेखि तालिमको सहजीकरण विजय पाण्डेले गर्दै आइरहेका छन् । पाण्डेले तालिममा क्षमता विकासका निम्ति आवश्यक विभिन्न विधाका जानकार मार्फत सैद्धान्तिक ज्ञान साथै अभ्यासको माध्यमबाट प्रशिक्षित गराइने बताए । तालिमलाई नमस्ते प्रशोधित सोयाबीन तेलले प्रोत्साहन गरेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij