२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

रोटर्‍याक्टर र इन्टर्‍याक्टरहरुका लागि करियर विकास कार्यक्रम

आइतवार , जेठ ७, २०८०

बुटवल, ७ जेठ ।
रोटरी क्लब अफ बुटवलले इन्टर्याक्टर तथा रोटर्‍याक्टरहरुका लागि करियर विकास कार्यक्रम गरेको छ ।
दीप बोर्डिङ स्कुल बुटवलमा आयोजना गरेको कार्यक्रममा रोटरी क्लब अफ बुटवलले स्पोन्सर गरेका ६ वटा इन्टर्याक्ट क्लब र ३ वटा रोटर्‍याक्ट क्लब सहभागी थिए । जसमा इन्टर्याक्ट क्लब अफ दीप बोर्डिङ, इन्टर्याक्ट क्लब अफ होराईजन, इन्टर्याक्ट क्लब अफ क्यानन, इन्टर्याक्ट क्लब अफ पामिर, इन्टर्याक्ट क्लब अफ अक्सफोर्ड र इन्टर्याक्ट क्लब अफ कालिकाका इन्टर्याक्टरहरु सहभागी थिए । त्यस्तै रोटर्‍याक्टर क्लब अफ बुटवल, रोटर्‍याक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पस र रोटर्‍याक्ट क्लव अफ क्षितिज इन्टरनेशनल कलेज पनि सहभागी थिए ।

सहभागी इन्टर्‍याक्ट तथा रोटर्‍याक्टहरुलाई वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापा, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी र रोटरी क्लब अफ बुटवलका पूर्व अध्यक्ष राजेन्द्र लम्सालले करियर विकासका बारेमा प्रशिक्षण दिएका थिए । 

त्यस्तै कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पिया, उपाध्यक्ष कृष्णप्रसाद पराजुली, सचिव लालहरि पाण्डेलगायतले करियर विकास कार्यक्रमले इन्टर्याक्ट तथा रोटर्‍याक्टहरुको बौद्धिक क्षमताका साथै जीवनमा समेत परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा इन्टर्याक्टर तथा रोटर्‍याक्टर गरी १ सय ८० जनाको सहभागिता रहेको थियो । रोटरी क्लब अफ बुटवलले आफुनो १४ सय ६२ औं नियमित बैठकको अवसरमा करियर विकास कार्यक्रमको आयोजना गरेको हो ।