images

शुक्रवार, बैशाख १४ गते २०८१

आन्तरिक पर्यटन प्रवर्द्धनमा मदिरा व्यवसायी संघ भैरहवा

आन्तरिक पर्यटन प्रवर्द्धनमा मदिरा व्यवसायी संघ भैरहवा

images
images
images
आइतवार, जेठ ७ २०८०
आइतवार, जेठ ७ २०८०
  • आन्तरिक पर्यटन प्रवर्द्धनमा मदिरा व्यवसायी संघ भैरहवा

    भैरहवा, ७ जेठ । 
    मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देही आन्तरिक पर्यटन प्रवर्द्धनमा जुटेको छ । स्थापनाको छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्दै आएको यो संस्थाले भैरहवाबाट नजिकका पर्यटन गन्तव्य पहिचान गर्ने र सोको प्रचारप्रसार गर्ने उद्देश्यले गुल्मीको धुुर्कोट गाउँपालिकास्थित विचित्रको गुुफा, रेसुुङ्गा, अर्घाखाँचीको सुुपा देउराली, छत्रदेव गाउँपालिकामा रहेको नेपालकै अग्लो १३ तले मन्दिरलगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन एवं भ्रमण गरेको छ । 

    images

    पाल्पाको रानीमहल, भैरवस्थान मन्दिर, गुल्मीको रिडी, रेसुुङ्गा, विचित्रको गुफा, अर्घाखाँचीमा रहेको बल्कोट पौवा, नेपालकै अग्लो १३ तले मन्दिर, सुुपादेउराली लगायतका पर्यटकीय एवं धार्मिक स्थललाई समेटेर पर्यटकीय करीडोरको रुपमा विकास गर्न सके यी क्षेत्र यसक्षेत्रका उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीका अध्यक्ष केशवराज ज्ञवालीले बताए । उनले यी क्षेत्रलाई समेटेर पर्यटन व्यवसायीले प्याकेज तयार गरी लुम्बिनी आउने पर्यटकलाई ती क्षेत्रमा गुमाउन लैजान सक्ने राम्रो अवसर पनि भएको बताए । 

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुुर कुमार श्रेष्ठले साविक लुम्बिनी अञ्चलका पहाडी जिल्ला पाल्पा, गुल्मी र अर्घाखाँचीलाई जोडेर पर्यटकीय करीडोरको रुपमा विकास गरी राज्यले लाभ लिन ढिला गर्न नहुनेमा जोड दिए । यी जिल्लामा रहेका धार्मीक एवं ऐतिहासिक स्थलको संरक्षण र प्रचार गर्न सके मात्र पनि स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिने, ग्रामीण भेगहरुमा समेत चहलपल हुने र छोटो समयको उत्कृष्ट गन्तव्य बन्न सक्ने उनलेबताए । यी जिल्लामा एक दिन पर्यटकलाई बसाएर गुुमाउने स्थानहरु धेरै रहेको उल्लेख गर्दै एक जिल्लामा एकदिनको बसाई तत्कालाई लामो भए पनि कम्तीमा गुल्मी, अर्घाखाँची, पाल्पालाई केन्द्र बनाएर एक दिनको बसाईमा पनि मुख्यमुख्य पर्यटकीय एवं धार्मिक स्थलहरुको प्याकेज सञ्चालन गर्नुपर्ने पनि उनले बताए । 

    मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिमबहादुर खत्रीले पाल्पा, गुल्मी र अर्घाखाँचीमा रहेका ऐतिहासिक धार्मिक स्थलहरुलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न संघ, प्रदेश र स्थानीय सरकारले विशेष ध्यान दिनुुपर्ने बताए । उनले यहाँ रहेका कतिपय ऐतिहासिक स्थलहरु संरक्षण र प्रचार हुन नसक्दा आझेलमा परेको बताए । 

    विभिन्न व्यक्तिहरुलाई सम्मान 

    यसैबीच मदिरा व्यवसायी सघं भैरहवाले अध्ययन अवलोकन भ्रमणको क्रममा गुल्मीको रेसुुङ्गामा एक कार्यक्रमको आयोजना गरी विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । सघंले हालै निर्वाचित सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुुर कुुमार श्रेष्ठ, सल्लाहकारहरु खिमबहादुुर खत्री, मृगेन्द्र गोविन्द श्रेष्ठ, चिरञ्जीवी राउत, होटल व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव राजेस महोत्रा, होटल तथा रेष्टुुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपाने, मदिरा व्यवसायी महासंघका केन्द्रीय सदस्यहरु रमेश बेल्बासे, सन्देस कक्षपति, नेपाल राष्ट्रिय उद्योग व्यापार संघ लुम्बिनी प्रदेशका सदस्य गिरीराजमणि पौडेल, मदिरा व्यवसायी संघ मोरङका उपाध्यक्ष दया प्रसाद कोइराला र अध्ययन अवलोकन भ्रमणका संयोजक नरायण न्यौपानेलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान एवं बधाई दिएको हो । 

    343280485_772874314479443_7903323593986909168_n.jpg

    संघका अध्यक्ष केशव ज्ञवालीको अध्यक्षता तथा सचिव केशव अर्यालको सञ्चालनमा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष बाबुुराम पाण्डेले सम्मानित एवं सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    348381592_1228803354285129_3292630602002964582_n.jpg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij