images

सोमवार, बैशाख १७ गते २०८१

चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान, ११५ युनिट रगत संकलन

चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान, ११५ युनिट रगत संकलन

images
images
images
शनिवार, जेठ ६ २०८०
शनिवार, जेठ ६ २०८०
  • चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान, ११५ युनिट रगत संकलन

    बुटवल, ६ जेठ ।
    अर्घाखाँचीको चिदिकाबाट रुपन्देही आइ बसोबास गर्नेहरुको संस्था चिदिका–रुपन्देही सम्पर्क समाजले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष केशवराज पन्थीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको पूर्व उपप्रधान एवं अर्थमन्त्री तथा रुपन्देही–२ का संघीय सांसद् विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए ।

    images

    त्यसअवसरमा पौडेलले रक्तदान जस्तो मानवीय कामलाई समाजले अगाडि बढाएकोमा प्रशंसा गरे । उनले सामाजिक क्षेत्रमा संस्थालाई अझ बढी सक्रिय बनाइराख्न आग्रह गरे । पुर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष पौडेलले मुलुकको विकासका लागि भ्रष्टाचार नियन्त्रण र सुशासन अपरिहार्य रहेको भन्दै यसतर्फ समाजको महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे । ‘भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु आपरिहार्य देखिएको छ, यसतर्फ चिदिका–रुपन्देही सम्पर्क समाजले पनि भूमिका खेलोस् भन्ने मेरो आग्रह छ, ’पौडेलले भने ।

    रक्तदान कार्यक्रममा ११५ जनाले रक्तदान गरेको अध्यक्ष केशवराज पन्थीले जानकारी दिए । उनले रक्तदान जस्तो मानवीय कार्यलाई समाजले प्रत्येक वर्ष जारी राखेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । उनले रचनात्मक क्रियाकलापमा समाजलाई सधै सक्रिय बनाइराख्न सबैको सहयोग र सुझाव आवश्यक रहेको पनि बताए ।

    कार्यक्रमका अवसरमा समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, निवर्तमान अध्यक्ष ईश्वरी ज्ञवाली, कार्यवाहक सचिव हेमनाथ ज्ञवाली लगायतले रक्तदान जस्तो मानवीय र पवित्र कामलाई समाजले हरेक वर्ष अघि बढाएको र यसबाट रगतको अभावमा बाँचिरहेकाहरुलाई राहत पुगेको बताएका थिए । रक्तदान गर्नेहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । समाजले बिरामीको उपचारका लागि सहयोग पुर्याउने उद्देश्यले चिदिकाबासीलाई एम्बुलेन्स समेत प्रदान गरिसकेको छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij