images

सोमवार, बैशाख १७ गते २०८१

लिपिबद्ध गरेर मात्रै सुशासन कायम हुन सक्दैन : प्रवक्ता पाण्डेय

लिपिबद्ध गरेर मात्रै सुशासन कायम हुन सक्दैन : प्रवक्ता पाण्डेय

images
images
images
शनिवार, जेठ ६ २०८०
शनिवार, जेठ ६ २०८०
  • लिपिबद्ध गरेर मात्रै सुशासन कायम हुन सक्दैन : प्रवक्ता पाण्डेय

    नवलपरासी, ६ जेठ ।
    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा मन्त्री सन्तोष कुमार पाण्डेयले सुशासन कायम गर्नका लागि लिपिबद्ध मात्रै गरेर नभइ जिम्मेवार तहबाट नै पहल गर्नुपर्ने बताएका छन् । नवलपरासी (बर्दघाट पश्चिम सुस्ता) मा भएको लुम्बिनी प्रदेश आन्तरिक, ध्कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा सुशासनका लागी साक्षरता कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले सुशासन कायम गर्नको लागि अरुलाई दोष दिनु भन्दा पनि नेतृत्व तहबाट नै पहल गर्नुपर्ने आवश्यक रहेको बताए । उनले  भने, ‘सुशासन आफैबाट सुरुवात गर्नुपर्ने हुन्छ त्यसमा नेतृत्व, कर्मचारी तथा सेवाग्राही सबै  जिम्मेवार बन्नुपर्छ अनि मात्रै लागू हुन्छ अन्यथा भाषणमा मात्रै सीमित हुन्छ ।’

    images

    उनले नागरिकलाई संघीयताको प्रत्याभूति दिलाउन प्रदेश सरकार लागि रहेको जिकिर गर्दै त्यसका लागि संघसँग विकेन्द्रीकरणको लागि संर्घष गरिरहेको बताए । उनले संघीयता कार्यान्वयनका लागि सबैको  सहयोग आवश्यक रहेको बताए ।

    मन्त्री पाण्डेयले प्रदेश सरकार विस्तारको लागि  मन्त्रालय बाँडफाडमा सत्तारुढ दलहरु लागि रहेको बताउदै अब छिट्टै सरकारले पूर्णता पाउने बताए । उनले लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास गर्न बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।  त्यसको लागि तीनै तहका सरकारको दायित्व रहेको औल्याउँदै प्रदेश सरकार घरेलु उद्योग निर्माण, खेतीयोग्य भूमिमा चाहिने जति मल भण्डारण गर्ने जस्ता कार्यमा लागिरहेको बताए  ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भौमति यादवले सुशासन कायम गर्नको लागि जिल्ला समन्वयलाई पूर्ण जिम्मेवार बनाउनुपर्ने बताए । उनले स्थानीय तहको विकासको लागि समयमै नदीजन्य पदार्थको ठेक्का लगाउनुपर्नेमा जोड दिए । उनले ढिलासुस्तीका कारण नदी जन्यपदार्थ चोरी बढेकाले त्यसलाई रोक्न सबैले ध्यान दिनुपर्ने बताए ।

    नवलपरासी (बर्दघाट पश्चिम सुस्ता) का प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सुशासन कायम राख्नको लागि पारदर्शीता, जवाफदेहीता र विधिको शासन पालना गर्नुपर्नेमा जोड दिए । उनले विकासे आयोजनाहरु समयमा पुरा नहुनुमा आयोजना छनोटमा नै कमजोरी रहेको बताए । उनले सेवाग्राही प्रविधिमैत्री हुन नसक्दा काममा ढिलासुस्ती भएको भन्दै सुधारको लागि  विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिए । उनले जिल्लामा सुशासनको अवस्था तुलनात्मक रुपमा केही सुधार भए पनि जनचाहनाअनुरुप हुन नसकेकाले सुधारका लागि आफूहरुले पहल गरिरहेको जानकारी दिए  ।

    त्यसै गरी पूर्व राष्ट्रिय सभा सदस्य रामलखन हरिजनले शिक्षा क्षेत्रमा बेथिति रहेकाले सुधार गर्नुपर्नेमा जोड दिए । 
    त्यस्तै बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले सेवाग्राहीलाई छिटोछरितो सेवा दिन आफूहरु लागिरहेको बताउँदै जनगुनासोलाई ख्यालमा राखेर काम गरिरहेको बताए । 

    त्यसै गरी सुनवल नगरपालिका प्रमुख विमला अर्यालले आफूहरु जनताको न्याय र सुशासनको पक्षमा रहेको बताउँदै जनताको मर्म र आवश्यकताअनुसार पालिकाले  काम  गरिरहेको बताइन् ।

    रामग्राम नगरपालिकाका प्रमुख धनपति यादवले जनतालाई सेवा दिने कुरामा ढिलासुस्ती नगरेको जिकिर गरे । उनले काम गर्ने क्रममा कमीकमजोरी हुन नसक्ने र त्यसलाई सुधार गरेर अघि बढ्न पालिका तयार रहेको बताए । 

    कार्यक्रममा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख  परमुराम धिताल, पालिका स्वास्थ्य प्रमुख प्रकाश पराजुली, सुनौलो सामुदायिक विकास केन्द्रका अध्यक्ष सपना अधिकारी थापा, महाकवि देवकोट क्याम्पस प्रमुख नारायण प्रसाद ढकाल, स्थानीयबासी सन्जय कुमार चौहानलगायत जिल्लामा क्रियाशिल विभिन्न सरकारी, गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि, क्रियाशिल पत्रकार, सुरक्षाकर्मीले भनाइ राखेका थिए ।

    कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षता तथा तेजेन्द्र केसीको सञ्चालनमा  सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij