images

सोमवार, बैशाख १७ गते २०८१

राष्ट्रिय युवा संघ ओमसतियाद्वारा शैक्षिक सामग्री वितरण

राष्ट्रिय युवा संघ ओमसतियाद्वारा शैक्षिक सामग्री वितरण

images
images
images
शनिवार, जेठ ६ २०८०
शनिवार, जेठ ६ २०८०
  • राष्ट्रिय युवा संघ ओमसतियाद्वारा शैक्षिक सामग्री वितरण

    भैरहवा, ६ जेठ ।
    नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, ओमसतिया गाउँ कमिटीले ३४ औं स्थापना दिवस मनाएको छ ।
    स्थापना दिवसको अवसरमा संघले शुक्रबार ओमसतिया गाउँपालिका वडा नम्बर ५ गौरीस्थित ओमसतिया आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । बालविकासदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको संघले जनाएको छ ।

    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय युवा संघका नेता किरण नेपालले विद्यार्थीहरुलाई पठनपाठनमा रुची बढोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

    कार्यक्रमका अध्यक्ष भरत भट्टराईले शिक्षाले देशमा आमूल परिवर्तन ल्याउने बताउँदै, बालबालिकालाई शिक्षा दिलाउन हरेक नागरिकले आ–आफनो क्षेत्रबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा विशिष्ट अतिथि एवं ओमसतिया गाउँपलिका वडा नम्बर ५ का वडाअध्यक्ष मदन पोखरेल, युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष विकास बस्नेत, ओमसतिया गाउँपालिकाका युवा इञ्चार्ज अनूप मल्ललगायत विभिन्न जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो । 
    .

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij