२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

लायन्स भैरहवा ग्रीन सिटीद्वारा विद्यार्थीलाई पोशाक तथा झोला वितरण

बिहिवार , जेठ ४, २०८०

भैरहवा, ४ जेठ ।
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले विद्यार्थीहरुलाई पोशाक तथा झोला वितरण गरेको छ । ‘हामी सेवा गर्छौं’ भन्ने नारालाई आत्मसात बिहीबार सिद्धार्थनगर नगरपालिका–२ स्थित मेउडिहवा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक तथा झोला वितरण गरिएको क्लबले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का संस्थापक गभर्नर नवराज न्यौपानेले लायन्स भैरहवा ग्रीन सिटीले गरेको कामको प्रशंसा गर्दै शिक्षा क्षेत्रमा ध्यान दिनुपर्नेमा जोड दिए ।

विशेष अतिथि सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले अक्षयकोष निर्माण गरी विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्नु सराहनीय कार्य भएको वताए ।

मेउडिहवा आधारभूत विद्यालयकी प्रधानाध्यापक आशा थापाले  लायन्स क्लबले निर्माण गरेको अक्षयकोषबाट आएको रकमले वर्षेनी विद्यार्थीलाई पोशाक वितरणमा सहज भएको बताइन् ।

लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष श्री रायमाझीले क्लबको स्थापनाकालदेखि नै मेउडिहवा विद्यालयसँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

क्लबले ४० जना विद्यार्थीलाई पोशाक र १८ जना विद्यार्थीलाई झोला वितरण गरेको उपाध्यक्ष मनोज क्षेत्रीले जानकारी दिए । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।