२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

लियो क्लब अफ भलवारी सिटीको अध्यक्षमा नितेश जैसवाल

बिहिवार , जेठ ४, २०८०

भैरहवा, ४ जेठ ।
लियो क्लब अफ भलवारी सिटीको वर्ष २०२३/२४ को अध्यक्षमा नितेश जैसवाल चयन भएका छन् । चौथो वार्षिक साधारणसभा र निर्वाचनबाट नितेश जैसवाल सर्वसम्मत निर्वाचित भएका हुन् । त्यसै गरी क्लबको प्रथम उपाध्यक्षमा लियो संजोग ज्ञवाली, द्वितीय उपाध्यक्षमा हेमन्त न्यौपाने र तृतीय उपाध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन् । 

345878511_202253232629583_61611439713221486_n.jpg

त्यसै गरी सचिवमा गोबिन्द पाण्डे, कोषाध्यक्षमा सुस्मिता शर्मा, सह–सचिवमा कृपा पन्थ, सह–कोषाध्यक्षमा नितिन जयसवाल, डाईरेक्टरमा कन्यामणी त्रिपाठी र बुनु पाण्डे, टेल्टिविस्टरमा पुजा लुईटेल र पीआरओमा स्नेहा जयसवाल चयन भएको कार्यक्रम संयोजक सानिया लुईटेलले जानकारी दिइन् ।

क्लबका संस्थापक अध्यक्ष रबिन जोशी र निवर्तमान अध्यक्ष रीतु ज्ञवाली, लियो पदाधिकारीहरुसहित लायन्स पदाधिकारीहरुको पनि सहभागीता रहेको सो कार्यक्रममा क्लबले गरेको सामाजिक कार्यहरुको बारेमा चर्चा गरिएको थियो ।

क्लबका अध्यक्ष मधु भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन क्लबकी सचिव अस्मिता श्रेष्ठले गरेकी थिइन् । क्लबले आगामी वर्ष २०२३/२४ का लागि नयाँ कार्यसमिति चयन गरेको हो । ‘नेतृत्वसँगै समाजसेवा गर्ने अठोट लिएर हिंडेको लियो क्लबले स्थापनाको छोटो समयमै रचनात्मक काम गरेको र आगामी कार्यकालमा अझै उत्कृष्ट काम गर्नेमा विश्वस्त रहेको नवनिर्वाचित अध्यक्ष र पदाधिकारीहरुको भनाइ छ ।