२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चबाट पनि सदर

मंगलवार , जेठ २, २०८०

काठमाडौं, २ जेठ ।
रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले सदर गरेको छ । 

न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको हो ।

अभियोग दावीबाट सफाइ पाउँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर पुग्ने दावीसहित उनको जन्मकैदको फैसला सदर भएको हो ।