२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

लाइसेन्स नभएका सह–चालकले ट्याक्टर चलाएपछि सवारीधनी पक्राउ

सोमवार , जेठ १, २०८०

जोमसोम, १ जेठ  ।
मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएपछि गरिएको अनुसन्धानमा ट्याक्टरधनी नरजित फगानी मगर पक्राउ परेका छन् । उनलाई ट्याक्टर चलाउन इजाजत पत्र (लाईसेन्स) नभएको सह–चालकलाई ट्याक्टर चलाउन अनुमति दिएको भन्दै जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेको हो ।

नियन्त्रणमा लिइएको ट्याक्टरका धनी फगानी मगरलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए । उनलाई पक्राउ परेका ट्याक्टरका चालक रोल्पा जिल्ला रोल्पा नगरपालिका–१ धवाङ बस्ने २४ वर्षीय नारायण रोक्काले दिएको बयानका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ ।