वर्तमान अवस्थाको मात्र कुरा गरौं नेपाली कांग्रेस आजका मिति सम्म दिशाविहीन, गन्तव्यविहीन, किंकर्तव्यविमूढ र असमजको अवस्थामा आइपुगेको छ । अरुले खाएको देखेर आफस पनि खाने होडवाजीमा उफ्रिंदा खुट्टा भाँचिनु, विसञ्चो हुनु, आदि सामान्य कुरा हुने नै भए । यसै सन्दर्भमा मलाई सानो कथा याद आयो ।
कुनै एक गाउँमा एकजना धनाढ्य मानिसको छोराको विवाह रहेछ जन्ति जानेहरु एकसा एक मानिसहरु थिए । ठूलो रहेछ जन्ति जानेहरु एकसा एक मानिसहरु थिए । ठूलो भोज भयो मानिसहरुले राम्रैसँग खान पिन गरे । त्यस मध्ये एकजनाले यति धेरै खाएछन् कि उनी हिड्नै नसक्ने भए घर त फर्कनु नै थियो । साथीहरुले स्टेचर मगाएर उसलाई राखेर बोकेछन् । उनीहरु केही टाढा पुगेका मात्र थिए उताबाट शंख फुकेको एकहोरो आवाज आएछ, थुप्रै मानिसहरुले लास बोकेर ल्याउँदै रहेछन् । स्टेचरमा अटसपटस हुने गरी खाने मान्छेले स्टेचर भुईमा राख्न लगाएर भन्यो, “ए! साथी जाउ त, बुझेर आए, त्यो मानिस के भएर मरेको रहेछ ।”
उसको कुरा सुनेपछि एकजना व्यक्ति मलामिहरु भएको ठाउँमा पुगेर फर्केर आएछ । स्टेचरमा भएको व्यक्तिले सोधेछ, “के भएर मरेको रहेछ ?” त्यो व्यक्तिले अत्यन्त दुःखी हुँदै विक्ष्प्ति भावमा भनेछ, “हजूर, धेरै खाएर भुँडी फुटेर मरेको रहेछ ।”
स्टेचरमा भएको व्यक्तिको अनुहारमा केही खुशी, केही दुःखको भाव छताछुल्ल भएर पोखिएको देखेपछि त्यसमध्ये एकजनाले सोधिहालेछ“हैन किन गंभिर, किन चंचल ?”
त्यो मानिसले आफ्नो पेटमा दुवै हात दौडाउँदै मुसार्दै भने, “अहो! कति भाग्यमानी रहेछ, त्यसरी खान पाए पो हुन्थ्यो ।”
नेपालको अवस्था यही स्टेचरमा बस्ने व्यक्तिको जस्तो छ, धेरै ऋण खाँदा खाँदा फुट्न लागेको अवस्था र नेतृत्व गर्नेहरु अरु ऋण देशलाई खुवाएर फुटाउन लागि परेका छन् ।
समग्र र समष्टि रुपमा भन्नुपर्दा २०४६ साल यताका सम्पूर्ण नकारात्मक घटनाहरुको नेपाली कांग्रेस ठूलो अंशियार भएको भने पक्कै हो । अरु पार्टीहरुको भने कति दोषि छन् मेरो सरोकारको विषय हाेइन र छैन ।
जब सिद्धान्त, नैतिकता, अनुशासनलाई तिलाञ्जली दिएर नेतृत्व जनताका दुःख दर्द कमाउ खाने भाँडो तिर लाग्छ – देशले वर्वादीको बाटो समाउँछ, वर्तमानमा देखिएको नेपाली कांग्रेस भित्रको परिदृश्य यही हो । हामीले नेपाली कांग्रेसको विशेष गरेर नेतृत्वका नेताहरुको गतिविधिहरु नजिकबाट नियाली रहेका छौं । नेपाली कांग्रेस सैद्धान्तिक रुपमा खोक्रो, वैचारिक रुपमा दिशाहीन भएको प्रमाण कसैले दिनु पर्दैन, यो उसैले प्रमाणित गरिदिएको छ ।
स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेर गए फेसबुकमा मैले लेखेको थिएँ, “वाग्ले भन्थे व्यक्ति गोरखातिर लागेछन्..” त्यसको नीहितार्थ कसले बुझे बुझेनन् थाहा छैन । भरु अगाडि मैले भनेको थिए वाग्ले जस्ता मान्छे नेपाली कांग्रेस भित्र थुप्रै छन् । ऐले नेपाली कांग्रेस भित्र एउटा चाकडी समूहको सञ्जाल छ, त्यस्तो सञ्जाल प्रत्येक गुट र उपगुट भित्र विद्यमान रहेको छ ।
नेपाली कांग्रेस भित्र विधान नियमको कुनै अर्थ छैन, यो लहडमा चलेको पार्टी हो । धेरै मानिसहरुमा अझैँ यो भ्रम छ कि यो लोकतान्त्रिक पार्टी भएकोले यस्का समर्थकहरु, शुभेच्छुकहरु र शुभचिन्तकहरु धेरै छन् । यो भ्रमको जालो ‘गोर्खा’ र ‘चितवन’ उप–निर्वाचनले पुरै भ्वाङ हुने गरि च्यातिदिएको छ ।
हामी चिच्याइरह्यौं, कराइरह्यौं र भन्यौं, “निष्ठा, सिद्धान्त र विधान अनुसार अगाडि बढ, गठबन्धन नगर, सिट धेरै आउने वा थोरै आउने लोकतन्त्रमा सामान्य कुरा हो, अपवित्र गठबन्धन नगर ।”
हाम्रो आवाज खण्ड खण्डमा विभक्त न देउवा, न शेखर, न कृष्णप्रसाद कसैले सुनेनन्, कस्का पछाडि लाग्दा तर मार्न पाइन्छ वहाँहरुमा कहिल्यै चेत आएन र लाग्छ आउँदैन पनि । लोकतान्त्रिक विधि अनुसार सत्तामा जाने र निमूखा, पिछडिएका जनताका लागि काम गर्नु पर्नेमा कमिशन ठोष्नमा लिप्त भएपछि हाम्रा आँखाबाट आँसु झर्न बाहेक के विकल्प हुन्छ र ? नेपाली कांग्रेसले हेर्ने भनेको गरीब जनताहरुको (मेची देखि महाकाली) मलाई हो । आज यतिका वर्षसम्ममा तपाईहरुले के हेरेर बस्नु भयो ? नेपाली कांग्रेस भित्रको आदर्श सिद्धान्त कार्यदिशा सबै तिलाञ्जली दिएर सत्ता मात्र केन्द्रविन्दु राख्ने हो भने निश्चित छ – नेपाली कांग्रेसले सहि बाटो लिन सकिरहेको छैन ।
वाग्लेले पार्टी किन छोडे ? यो महत्वपूर्ण प्रश्न होइन, यो वहाँको इच्छा हो । तर वाग्ले जस्ता मान्छेहरुले एकपछि अर्को गर्दै कांग्रेस छोड्दै जाने हो भने यसै पनि वौद्धिक पन भएको पार्टीको हविगत के हुने हो थाहा छैन ..... (क्रमश)