२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

नेतृत्व क्षमता विकास तालिमको ६९ औं श्रृंखला सम्पन्न

आइतवार , बैशाख ३१, २०८०

भैरहवा, ३१ वैशाख ।
नेतृत्व क्षमता विकासका निम्ति भैरहवामा प्रशिक्षण कार्यक्रम (तालिम) आयोजना भएको छ । प्रत्येक सप्ताहको शनिवार आयोजना हुने तालिमले ६९ औं श्रृंखला सम्पन्न भएको कार्यक्रमका अध्यक्ष तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य अर्पित अग्रवालले बताए ।

तालिम विगत २ वर्षदेखि साप्ताहिक रुपमा नियमित सञ्चालन हुँदै आएको छ । यसले व्यक्तिभित्र रहेको अन्तरनीहित प्रतिभालाई प्रस्फुटन गरेको अग्रवालले  बताए । यसअघि सिद्धार्थ उद्योग वाणिज्य संघको सभाकक्षमा सञ्चालित उक्त तालिम अहिले होटेल पवन इन्टरनेशनल भैरहवामा सञ्चालन हुँदै आएको छ ।

वैशाख ३० गते शनिबार भएको तालिममा उद्योगी, व्यवसायीसहित विभिन्न पेशा तथा संघ–संस्थामा आबद्ध ३५ जना प्रशिक्षार्थीहरुको  सहभागीता रहेको कार्यक्रम सञ्चालक तथा लायन्स क्लब अफ सिद्धार्थनगरका सचिव कुलचन्द्र गौतमले बताए ।  

तालिममा प्रशिक्षार्थीहरु निशा खनाल, रामशरण ठाकुर, मुन्ना ठाकुर, मुकेश अग्रवाल, संजीवराज जोशी, आविस्कार मणि पाण्डे, सन्देश सुनार र रमेश कानुले मन्तव्य राखेका थिए ।

आनन्द प्रसाद न्यौपाने उत्कृष्ट सहभागी भएको तालिममा निर्णायकको भूमिकामा रहेका सिद्धार्थ उद्योग वाणिज्य संघका कर्पोरेट उपाध्यक्ष रोहित अग्रवालले जानकारी दिए । उनले नेतृत्व विकास गर्ने इच्छुकका लागि यो नियमित तालिम राम्रो मंच भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं सामाजिक अगुवा विरेन्द्र ज्ञवालीले उत्कृष्ट सहभागीलाई पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरु दिनेशमान अमात्य, अभिनव मयुर कसौधन लगायत पुर्व कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

तालिमको सहजीकरण प्रशिक्षक तथा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व महासचिव विजय पाण्डेले गरेका थिए । तालिम सैद्वान्तिक ज्ञान साथै अभ्यासको माध्यमबाट गराइने प्रशिक्षक पाण्डेले बताए । तालिमलाई नमस्ते प्रशोधित सोयाबीन तेलले प्रोत्साहन गरेको उनले बताए ।

WhatsApp Image 2023-05-13 at 7.49.51 PM (2).jpeg