
शनिवार , बैशाख ३०, २०८०
बुटवल, ३० वैशाख ।
रोटरी क्लब अफ बुटवलको १४ सय ६१ औं नियमित बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । क्लबका वर्ष २०२२/२३ का अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा बिजनेश रहेको थियो ।
बैठकमा क्लबका अध्यक्ष बोनिन पियाले भन्सारमा आएर रोकिएको ब्लड कलेक्शन मोवाइल भ्यान नेपाल ल्याउन सरकारी तहमा प्रयास भइरहेको जानकारी गराएका थिए ।
त्यसै गरी बैठकमा बन्दीपुर फेलोसिप यात्रा, आगामी जेठ ६ गते हुन गइरहेको रोटर्याक्ट र इन्टर्याक्ट क्लबको क्यारियर डेभलपमेन्ट सेमिनारलगायतका विषयमा छलफल भएको थियो । बैठकमा क्लबले यो वर्ष भए गरेका कार्य र अब बाँकी डेढ महिनाको अवधिमा गर्नुपर्ने कार्यक्रमहरुका बारेमासमेत छलफल गरिएको थियो ।
त्यसअवसरमा रोटरीयनहरु अजयमान श्रेष्ठ, कृष्णप्रसाद अर्याल, मणिरत्न पाण्डे, मधुप्रकाश अर्याल, शारदा ज्ञवाली, शिवकुमार ज्ञवालीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij