images
images

बुधवार, जेठ २ गते २०८१

सोपान पत्रिका बिमोचन

सोपान पत्रिका बिमोचन

images
images
images
आइतवार, पौष २६ २०७७
आइतवार, पौष २६ २०७७
  • सोपान पत्रिका बिमोचन

    भैरहवा, २६ पुस । 
    भैरहवामा साहित्यिक सोपान पत्रिका बिमोचन भएको छ । सिर्जनशील साहित्यिक समाज (सिसास)को आयोजनामा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले पत्रिका बिमोचन गरेका हुन् । पत्रिका विमोचनका प्रमुख अतिथि मन्त्री गिरीले साहित्यले समाजलाई र देशलाई दिशा निर्देश गर्ने बताए ।

    images
    images
    images

    पत्रिकाको समीक्षा गर्दै वरिष्ठ समालोचक बालकृष्ण भट्टराईले सोपान अंक ६ ले नेपाली साहित्यको श्रीबृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै संस्थाको गरिमा थप उचो भएको बताए ।

    सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईले सिसासले पत्रिका प्रकाशन गरी संस्थालाई साहित्यिक उन्नयनमा थप विकास गर्ने धारणा राखे । उक्त कार्यक्रममा स्रष्टा शंकर गौतमले रुपन्देही जिल्लाका साहित्यिक पत्रपत्रिकाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै रुपन्देही जिल्ला साहित्यको मोफसलको उद्गम स्थल भएको बताए । वरिष्ठ आख्यानकार तथा इतिहासकार विजय सागरले शंकर गौतमको कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

    संस्थाका अध्यक्ष शशि पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा स्रष्टा वनमाली निराकार, डाक्टर नारायण पन्थ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    संस्थाका पूर्व अध्यक्ष नारायण प्रसाद भण्डारीको स्वागत मन्तब्य र सचिव अनुराधा ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको संस्थाका सह–सचिव विष्णु गजुरेलले जानकारी दिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij