
बिहिवार , बैशाख २८, २०८०
काठमाडौं, २८ वैशाख ।
मीना बेल्बासेको शब्द रहेको गीत ‘कोदाली र कुटो’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत गायिका टीका सानुको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा तेज बहादुर सिन्धुली र मीना बेल्बासेको शब्द, गोबिन्द वलीको लय, मीना बेल्बासे, तेज बहादुर सिन्धुली,राजन अधिकारी र संगीता तामाङको आवाज रहेको छ ।
उक्त गीतको म्युजिक भिडियोमा टीका सानू, सुजन शाह शंकर, मानसिंह खड्का र सम्झना विश्वकर्माले उत्कृष्ट अभिनय गरेका छन् । संजय सिर्पाली एरेन्जर रहेको उक्त गीत मुर्चुङ्गा डिजिटलमार्फत सार्वजनिक भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij