images
images

शुक्रवार, जेठ ४ गते २०८१

भैरहवामा ‘प्रथम सिद्धार्थनगर आमन्त्रण खुल्ला तेक्वान्दो प्रतियोगिता’

भैरहवामा ‘प्रथम सिद्धार्थनगर आमन्त्रण खुल्ला तेक्वान्दो प्रतियोगिता’

images
images
images
मंगलवार, बैशाख २६ २०८०
मंगलवार, बैशाख २६ २०८०
  • भैरहवामा ‘प्रथम सिद्धार्थनगर आमन्त्रण खुल्ला तेक्वान्दो प्रतियोगिता’

    भैरहवा, २६ वैशाख ।
    भैरहवा तेक्वान्दो क्लब, रुपन्देहीको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा भैरहवामा प्रथम सिद्धार्थनगर आमन्त्रण खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८० सम्पन्न भएको छ । वैशाख २३ र २४ गते गरी दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २५ वटा टीमको सहभागीता रहेको कार्यक्रम संयोजक तथा भैरहवा तेक्वान्दो क्लबका कोषाध्यक्ष दीपक न्यौपानेले बताए । शनिबार २७ र आइतबार १३ गरी ४० वटा वजन समूहमा प्रतियोगिता भएको थियो ।

    images
    images
    images

    प्रतियोगितामा ८ स्वर्ण, १ रजत र ४ कास्य गरी १३ पदक जित्दै हाई कीकर्स तेक्वान्दो डोजाङ नवलपरासी प्रथम भएको छ । त्यस्तै ६ स्वर्ण, ७ रजत र ५ कास्य गरी १८ पदक जित्दै आयोजक भैरहवा तेक्वान्दो क्लब द्वितीय तथा ५ स्वर्ण, ३ रजत र २ कास्य गरी १० पदक जित्दै खजहना तेक्वान्दो सेन्टर तृतीय भएको भैरहवा तेक्वान्दो क्लबका सचिव प्रकाशमान राजभण्डारीले जानकारी दिए ।

    त्यसै गरी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ सैनामैनाका असिम पोखरेल, महिलातर्फ आर्य पब्लिकी ऋतिका शर्मा र अनुशासित टीमबाट शुभ संस्कार स्कूल सम्मानित भएको आयोजकले जनाएका छन् ।

    प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले आगामी वर्षमा पनि प्रतियोगिताले निरन्तरता पाउने बताइन् । उनले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका लागिपरेको बताइन् ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायले खेलकुद क्षेत्रको विकासका लागि यस्ता प्रतियोगिताहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

    भैरहवा तेक्वान्दो क्लबका अध्यक्ष एकनारायण अर्यालले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । केशव चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा खेलकुद क्षेत्रको विकासका लागि पत्रकारिता क्षेत्रमार्फत योगदान पुर्याएको भन्दै पत्रकार रबिन्द्र प्रताप गुप्तालाई सम्मान गरिएको थियो ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij