२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

नेपाल-चीन सम्बन्ध जनस्तरमा : उपराष्ट्रपति यादव

बिहिवार , बैशाख २१, २०८०

भक्तपुर, २१ वैशाख ।
उपराष्ट्रपति राम सहाय यादवले नेपाल र चीन दुई देशव्बीचको सम्बन्ध जनस्तरसम्म नै कायम रहेको बताएका छन् । डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारी भक्तपुरले सञ्चालन गर्न लागेको निःशुल्क शल्यक्रियाको बुधबार अस्पताल परिसरमा उद्घाटन गर्दै उनले नेपाल र चीनवीचको सम्वन्ध सरकारीस्तरमा मात्रै नभई जनस्तरमासमेत प्रगाढ रहँंदै आएको बताए । त्यस अवसरमा उपराष्ट्रपति यादवले चीनबीचको मित्रता गहिरो रहेको बताए । 

अस्पतालले वैशाख २० र २१ गते निःशुल्क शल्यक्रिया शिविर गर्न लागेको छ । त्यसैको बुधबार उद्घाटन गरिएको हो । यसअघि वैशाख ९ गते मोतीविन्दुका विरामीहरुका लागि निःशुल्क आँंखा शिविर सफलतापूर्वक सम्पन्न भएको थियो । उक्त शिविरबाट लाभ लिएका विरामीहरुका लागि निःशुल्क शल्यक्रिया शिविर गर्न लागेको हो । 

कार्यक्रममा अस्पतालका मेडिकल कोअर्डिनेटर डा जितेन्द्रप्रसाद सिंहले चीनको सन्चन् छाओछीग होइसँंग सहकार्य गरी अरनिको समाजले अस्पतालमा मोतीविन्दुका विरामीहरुको निःशुल्क आँंखा शिविर गरेको जानकारी गराए । कार्यक्रमका अन्य वक्ताहरुले पनि नेपाल चीन सम्वन्धबारे चर्चा गरेका थिए ।