२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजद्वारा घुम्ती शिविर

मंगलवार , बैशाख १९, २०८०

बुटवल, १९ वैशाख
गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजले सातौं स्थापना दिवसको अवसरमा साविक बलेटक्सार गा.वि.स. (हाल रुरुक्षेत्र गाउँपालिका–४) का विभिन्न स्थानमा निःशुल्क दाँत तथा मुख रोगसम्बन्धि घुम्ती शिविर सञ्चालन गरेको छ । 

उक्त शिविर साविक वडा नम्बर १, २, ३ को लागि वम्धा आधारभूत विद्यालय चौतारा, वडा नम्बर ९ को लागि झमादी लामाखर्क प्रा.वि. लामाखर्क, वडा नम्बर ६, ७ को लागि श्रृङ्गेश्वर तपोभूमि प्रा.वि. मुसिडाडा र साविक ४, ५, ८ को लागि बलेटक्सार मा.वि. बलेटक्सारमा सञ्चालन  गरी २ सय ५८ जना बिरामीको उपचार गरेको थियो । 

न्यू आधुनिक समाज डेण्टल प्रा.लि.को प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको कार्यक्रम संयोजक बुद्धि ज्ञवालीले बताए । कार्यक्रममा बोल्दै साविक बलेटक्सार गा.वि.स. का अध्यक्ष चक्रपाणी गौतमले सम्पर्क समाजले हरेक वर्ष केही न केही नयाँ काम गरेर आफ्नो जन्मभूमिलाई सधै यादगार गरेको भनेर प्रशंसा गरेका थिए । 

सो कार्यक्रममा साविक बलेटक्सार गा.वि.स. अध्यक्ष देवनारायण ज्ञवाली, संस्थाका अध्यक्ष वीर बहादुर क्षेत्रीले सधै सेवामूलक कार्यक्रम गर्दै आइरहेको र समाजले अब विभिन्न पेशा व्यवसायी गर्ने बलेटक्सार बाहिर रहेका युवा तथा अन्य व्यक्तित्वहरुको सहकार्यमा छिट्टै बलेटक्सारमा यहाँका स्थानीयलाई रोजगारी नै श्रृजना गर्ने सक्ने खालको बिशेष कार्यक्रम लिएर आउने प्रतिवद्धता व्यक्त गरेका थिए ।  

शिविरमा निवर्तमान अध्यक्ष देव थापा, वरिष्ठ उपाध्यक्ष कपिल ज्ञवाली, सल्लाहाकार यज्ञ प्रसाद ज्ञवाली, सह–सचिव गिरीराज पन्त, कोषाध्यक्ष चिरञ्जीवी ज्ञवाली, सदस्यहरु जीवन ज्ञवाली, रामु केसी तथा बलेटक्सार सम्पर्क व्यक्ति मुक्ति श्रेष्ठलगायतले बोलेका थिए । त्यस्तै समाजले सोमबार स्थापना दिवस होटल टुलिप ड्राइभर टोलमा विभिन्न कार्यक्रम गरी मनाएको थियो ।