
मंगलवार , बैशाख १९, २०८०
काठमाडाै, १९ बैशाख । सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।
आज सम्पन्न प्रतियोगितामा लामिछाने सर्वाधिक विकेट लिनेमा उनी दोस्रो खेलाडी हुन । उनले ५ खेलमा १३ विकेट लिन सफल भएका हुन । सर्वोत्कृष्ट बलरको उपाधि भने ओमानका बिलाल खानले पाएका छन् । खानले सर्वाधिक १७ विकेट लिन सफल भएका थिए ।यसैगरी, सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दलाई दिइएको छ । प्रतियोगितामा दुईवटा १ सय ५० माथिको स्कोरसहित सर्वाधिक रन बनाएर रेकर्ड कायम गरेका छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij