शुक्रवार, आश्विन ५ गते २०८०

आज बेलुकादेखि बेलहियासहितको सीमा बन्द हुँदै

आज बेलुकादेखि बेलहियासहितको सीमा बन्द हुँदै

images
images

खबर पात्रो

१९, बैशाख २०८०
  • 4.3K
    SHARES
  • आज बेलुकादेखि बेलहियासहितको सीमा बन्द हुँदै
    फाइल तस्विर

    भैरहवा, १९ वैशाख । 
    मंगलबारदेखि बेलहियासहित रुपन्देहीसँग जोडिएको नेपाल भारत सीमा बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश महारागंजमा बिहीबार मे ४ मा हुन गइरहेको चुनावलाई लक्षित गरी नेपाल–भारत सीमा नाका (बोर्डर) ४८ घण्टा अगाडिबाट बन्द गर्न लागिएको हो । 

    २१ वैशाख बिहानदेखि हुने महराजगंज जिल्लाको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन) लाई मध्यनजर गर्दै रुपन्देहीको बेलहियासहितको नाका मंगलबार साँझ ६ बजेबाट बन्द गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

    images
    images

    निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशका सुरक्षा निकायको समन्वय तथा सहमतिमा नाकाहरु बन्द गर्न लागिएको हो । चुनावलाई लक्षित गरी मतदान समाप्त नभएसम्मका लागि (बिहीबार साँझ ६ बजेसम्म) सीमा नाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । दुवै देशको प्रशासनका अधिकारीहरुको बैठकले १९ गते देखि २१ गते साझ ६ बजेसम्मका लागि पूर्ण रुपमा सीमा नाका शिल गर्ने निर्णय भएको हो । 

    सीमा बन्द भए पनि अतिआवश्यक कामका लागि आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शववाहन, दुध, हरियो तरकारी, भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटकबाहेक अन्यको हकमा आवतजावत बन्दसमेत रहने जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

    newskarkahna-news501012..jpg

    निर्वाचनलाई नै लक्षित गरी नेपाल भारत सीमामा सुरक्षा व्यवस्था बढाइएको छ । निर्वाचनका समय अपराधिक गतिविधि गर्ने सक्रिय हुने सम्भावना हुने भएकोले सुरक्षा व्यवस्था कडा बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरुले पनि संयुक्त गस्ती गर्नेछन् ।

    images
    प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - ११:१०:०१ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij