
मंगलवार , बैशाख १९, २०८०
काठमाडौ, १९ वैशाख ।
नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बिचको फाइनल खेल सुरू भएको छ । एसीसी प्रिमियम कप क्रिकेटको सोमबारको खेल वर्षाका कारण रोकिन पुगेको बाँकी खेल पूरा गर्नका लागि आज पुनः खेल सुरु भएको हो ।
त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला वर्षाका कारण रोकिन पुगेको थियो । आजको खेल यहीबाट सुरु भएको छ ।
आज युएईले १०६–९ को स्थितिबाटै ब्याटिङ सुरु गरेको हो । बलिङमा ललित राजबंशी छन् । भने ब्याटिङमा यूएईको तर्फबाट अन्तिम जोडी कार्तिक मियाप्पन र जुनैद सिद्दकी क्रिजमा छन् ।
नेपालले आक्रमक खेल खेलिरहेको बेला १६ ओभरको समाप्तिमा युएई ६० रन जोडेर ५ विकेट लिएपछि पहिलोपटक वर्षाको कारण रोकिन पुगेको खेल पुनः सुचारु गरिएको थियो ।
तर, दोस्रोपटक पुनः सुचारु गरिए पनि वर्षा सुरु भएपछि केही समयका लागि रोकिएको थियो तर ३ः३० बजेसम्म पनि बर्षा रोकिन छाँटकाट नदेखिएपछि खेल आजसम्मका लागि स्थगित हुन पुगेको हो ।
हिजो भएको खेलमा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट झारेका थिए । सोमपाल कामी र गुल्सन झाले भने समान १–१ विकेट लिएपछि युएई दबाबमा परेको थियो ।
हिजो भएको खेलमा अब नेपाल युएईलाई अलआउट गर्नुभन्दा १ विकेटमात्र बाँकी रहेको छ । हिजो स्थगित भएको स्थानबाट नेपालले आज बलिङ सुरु गर्नेछ । नेपाल टस हारेर हिजो बलिङमा गएको थियो ।
मंगलबार रिर्जभ डे भएकाले बिहान ९ बजेबाट युएईले १०६–९ विकेटको अवस्थाबाट खेल सुरु गरेको छ । मंगलबार पनि सोमवारकोझै वर्षा भएको खण्डमा सुपर ओभर खेलाउने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ ।
तर, वर्षाको कारण सुपर ओभर पनि हुन नसकेको खण्डमा भने नेपालले जीत हासिल गर्नेछ, त्यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता हेरिनेछ । बरियताको आधारमा आधारमा युएई भन्दा अगाडी रहेकाले नेपाल स्वतः एसियाकपमा छनोट हुनेछ । आईसीसीको एकदिवसीय वरियतामा नेपाल १४औँ र युएई १९ औँ स्थानमा रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij