२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

अन्तराष्ट्रिय श्रमिक दिवस : नागरिक मजदुर संघद्वारा बिभिन्न कार्यक्रम 

सोमवार , बैशाख १८, २०८०

भैरहवा । १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस बिभिन्न कार्यक्रम गरी मनाईएको छ । श्रमिक दिवसको अबसरमा नागरिक मजदुर संघ रुपन्देहीले अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । 

श्रमिकहरुको हकअधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष मनाईने श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले श्रमिक मजदुरको हक, अधिकार, समान न्यायका लागि निरन्तर सर्घष गर्नु पर्नेमा जोड दिएका छन् । 

नागरिक मजदुर संघ रुपन्देहीका सभापति सरस्वती थारुको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, नागरिक उन्मुक्ति पार्टिका जिल्ला अध्यक्ष तुलसी थारु, पार्टिका केन्द्रिय सदस्य सत्यदेव चौधरी, विद्यावती थारु, थारु कल्याणकारी सभा रुपन्देहीका सहसचिव सल्यनारायण चौधरी, तिलोत्तमा सभापति आशा थारु, समाजसेवी कमलनारायण चौधरी, सारुख खाँन, दुर्गा थारु, भिम बहादुर थारु लगाएतले बोल्दै मजदुरहरूले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिनु पर्नेमा जोड दिए । 

IMG_1692.JPG

मिना थारुको स्वागत, निलम थारुको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै बक्ताहरुले आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने नारालाई व्यवहारमा उतार्नु पर्ने बताए । 

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । तर सरकारले भने २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन आधिकारिक रुपमा सार्वजनिक विदा दिन थालेको थियो ।