images

सोमवार, बैशाख १७ गते २०८१

रुपन्देहीमा प्रेस चौतारी फुटसल–२०८० को तयारी पूरा

रुपन्देहीमा प्रेस चौतारी फुटसल–२०८० को तयारी पूरा

images
images
images
सोमवार, बैशाख १८ २०८०
सोमवार, बैशाख १८ २०८०
  • रुपन्देहीमा प्रेस चौतारी फुटसल–२०८० को तयारी पूरा

    रुपन्देही, १८ वैशाख ।
    प्रेस चौतारी नेपाल, रुपन्देहीको आयोजनामा यही वैशाख २१ गते हुने लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रेस चौतारीले लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला कमिटीहरुसँग अन्तरसम्बन्ध स्थापित गर्ने उद्देश्यले फुटसल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा लुम्बिनी प्रदेशका ११ जिल्लाबाट प्रेस चौतारीका सदस्य पत्रकारहरुले भाग लिने प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।

    images

    प्रतियोगिताको मुख्य प्रायोजक होटल एभरेष्ट इन बुटवल रहेको छ । तिलोत्तमा–३ योगीकुटी शान्तिचोकस्थित लुम्बिनी फुटसल एरिनामा हुने प्रतियोगिताको उद्घाटन एमाले उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । प्रतियोगिता उद्घाटनमा संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्षहरु, महासचिव हिरामान लामालगायत उपस्थित हुनेछन् । 

    प्रतियोगिताका लागि स्वस्तिक श्रेष्ठको संयोजकत्वमा आवश्यक तयारीको काम अगाडि बढाइएको छ ।

    प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमलाई उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक श्रेष्ठले जानकारी दिए । प्रेस चौतारी रुपन्देहीले पहिलोपटक फुटसल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा विधागत पुरस्कारका साथै शिल्ड, मेडल र प्रमाणपत्र समेत प्रदान गरिनेछ ।

    प्रतियोगिताको अघिल्लो दिन वैशाख २० गते प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिसँगको समन्वयमा सांगठनिक प्रतिवेदन लेखन तालिमको समेत आयोजना गरिएको छ ।    

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij