२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

सोमवार , बैशाख १८, २०८०

काठमाडौं, १८ वैशाख ।

आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारासहित मनाइँदैछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा विभिन्न कार्यक्रम गरी यो दिवस देशैभरी मनाइँदैछ । 

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारा स्थापित भएको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।

मजदूरहरुले आन्दोलन गरिरहेको अवस्थामा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा अचानक बम बिस्फोट भयो । सो बम बिस्फोट कसले गराएको हो ? भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदूरमाथि व्यापक दमन सुरु गर्यो । र, प्रहरीको सो दमनमा परी गोली लागि आन्दोलननरतत सातजना मजदूरको पनि मृत्यु भयो । प्रहरी दमनले त्यो आन्दोलन रोकिएन, झन झन चर्किदै गयो । अन्ततः सो आन्दोलन सफल भयो र त्यसपछि मजदूरलाई आठ घण्टा मात्रै काम गराउन थालियो ।

त्यसको ४ वर्षपछि सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा विश्वका श्रम संगठन एवं श्रमिक नेताहरुको  संयुक्त बैठक बस्यो । सो बैठकले बैठकले सोही दिनको सम्झनामा विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।

नेपालको विराटनगरमा विसं २००७ मा पहिलो मजदूर आन्दोलन भएको थियो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसको अवसरमा सार्वजनिक बिदा दिन थालिएको हो ।