
आइतवार , बैशाख १७, २०८०
भैरहवा, १७ वैशाख ।
लियो जिल्ला परिषद ३२५ पी, नेपालको तेस्रो काउन्सील बैठक तथा प्रथम जिल्ला अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले वर्ष २०२३-२०२४ का लागि सुमन अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा आकाश पौडेल, सचिवमा ऋतु ज्ञवाली र कोषाध्यक्षमा पुजन बस्याल चयन भएका छन् ।
बैठक तथा अधिवेशनको पूर्व गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गरेका थिए । रिजन–७ को संयोजनमा भएको कार्यक्रममा पूर्व गृहमन्त्री खाण, लुम्बिनी प्रदेशका मन्त्री सन्तोष कुमार पाण्डेयलगायतले बोल्दै लियो क्लबहरुले समाजमा रचनात्मक कार्य गर्दै आएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij