२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मुलपानीले ओडिआई मान्यता पाएपछि क्यान मनायो केक काटेर खुसीयाली

आइतवार , बैशाख १७, २०८०

काठमाडौं, १७ वैशाख । 
नेपाल (क्रिकेट संघ क्यान) ले मूलपानी मैदानले पनि एकदिवसीय (ओडिआई) मान्यता प्राप्त गरेको खुसीयालीमा केक काटेर उत्सव मनाएको छ ।

क्यानका पदाधिकारी तथा कर्मचारीहरुलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केक काटेर खुवाउँदै उत्सवको रुपमा खुसीयाली साटासाट गरेका हुन् ।

क्यानको मुख्यालयसमेत रहेको मूलपानीको माथिल्लो मैदानले आज ओमान र युएईबीचको एकदिवसीय क्रिकेट खेल आयोजना भएसँगै उक्त मैदानले अन्तर्राष्ट्रिय मान्यता पाएको हो । 

यसअघि नेपालमा एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपमा त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान मात्रै रहेको थियो । सन २०२० मा त्रि.वि. खेल मैदानले ओडिआई मान्यता पाएको तीन वर्षपछि मुलपानी मैदानले पनि आजबाट सो मान्यता प्राप्त गरेको हो । शनिबारबाट नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुईवटा क्रिकेट मैदान भएका छन् ।