
आइतवार , बैशाख १७, २०८०
काठमाडौं, १७ वैशाख ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौंको माइतीघरमा जारी आन्दोलनलाई समर्थन जनाउँदै देशैभरीबाट ऐक्यबद्धता जनाउन सुरु भएको छ ।
हिजो साँझ पथलैया र सिमराका युवाले पुनको आन्दोलनलाई समर्थन जनाउँदै महेन्द्र राजमार्गको सडकखण्डमा प्रर्दशन गरेका छन भने नेपालगञ्जस्थित त्रिभुवन चौकमा पनि स्वतःस्फुर्त रुपमा प्रदर्शन भएको छ ।
‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन’ को नारा लिएर माइतीघर मण्डलामा गत शुक्रबारदेखि धर्नामा बसेका पुनको आन्दोलनलाई समर्थन जनाउँदै युवाहरुले देशैभरीबाट क्रमशः प्रदर्शन सुरु गरेका हुन् ।
‘इलाम, सिमरा, चितवन, नेपालगन्ज र पोखरामा पनि अनुसन्धान, नवप्रवर्तन र आविष्कारको जनआन्दोलनको समर्थनमा आन्दोलन गरिरहेको समाचार आएको छ,’ पुनले आफनो आन्दोलनको समर्थनमा भएका प्रदर्शनवारे जानकारी दिदै भनेका छन, ‘इच्छा हुनेहरुले जहाँ र जे जसरी पनि आन्दोलन गरे हुन्छ ।’
पथलैया र सिमरामा प्लेकार्डसहित प्रदर्शन गर्दै पुनले उठाएका मागलाई सरकारले तत्कालै सम्बोधन गर्नुपर्ने प्रदर्शनकारीहरुले उल्लेख गरेका छन् । प्ले कार्डसहित स्वतस्फुर्त रुपमा क्रमशः सडकमा प्रदर्शनकारी आउन थालेका हुन् । सिमराका युवाहरुले भने दैनिक एक घण्टा सिमराको चोकमा प्रदर्शन गर्ने जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij