images

सोमवार, बैशाख १७ गते २०८१

‘खेलकुद क्षेत्रमा राजनीति गर्नुहुँदैन’

‘खेलकुद क्षेत्रमा राजनीति गर्नुहुँदैन’

images
images
images
शनिवार, बैशाख १६ २०८०
शनिवार, बैशाख १६ २०८०
  • ‘खेलकुद क्षेत्रमा राजनीति गर्नुहुँदैन’

    भैरहवा, १६ वैशाख ।
    खेलकुद क्षेत्रमा राजनीति गर्न नहुने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले खेलकुदको विषयमा राजनीति गर्न नहुने बताए ।

    images

    भैरहवा तेक्वान्दो क्लबको शनिबार भैरहवामा भएको दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनमा उनीहरुले खेलकुद क्षेत्रको विकासका लागि मिलेर अगाडि बढ्नुपर्ने बताए ।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरीले खेलकुदले मानिसलाई अनुशासित बनाउने र कुलतमा फस्नबाट रोक्ने बताए । उनले राजनीतिक विकासक्रमले सबै विकास प्रक्रिया अगाडि बढेको बताए ।

    प्रदेशसभा सदस्य चौधरीले जनप्रतिनिधिको हैसियतले तेक्वान्दोको प्रशिक्षण कबर्ड हल निर्माणका लागि प्रदेश सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘खेल, खेलाडी र खेल जगतलाई छुट्टाछुट्टै राखेर विश्लेषण गर्नुहुँदैन ।’

    नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता चौधरीले देश आर्थिक मन्दीको चपेटामा परेको बताए । उनले निर्वाचनमा आफू एमालेको उम्मेदवार भए पनि निर्वाचित भइसकेपछि सबैको प्रतिनिधि भएको बताए । 

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख तथा भैरहवा तेक्वान्दो क्लबकी संस्थापक अध्यक्ष उमा अधिकारीले आफ्नो कार्यकालमा खेलकुदको क्षेत्रमा धेरै काम गर्ने बताइन् । उनले प्रशिक्षण कबर्ड हल निर्माणका निम्ति अन्य पालिकाबाट पनि सहयोगका लागि पहल गर्ने बताइन् । उनले सिद्धार्थनगर खेलाडी उत्पादन गर्ने स्थानका रुपमा परिचित भएको बताइन् ।

    सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारीले सबै ठाउँमा राजनीति गर्न नहुने बताए । उनले भने, ‘विकासमा राजनीति नगरौं । ’अधिकारीले खेलकुद क्षेत्रको विकासका लागि अक्षयकोष स्थापना गर्न आग्रह गरे । उनले तेक्वान्दो खेलको विकासका लागि ऋषिकेश अग्रवालको महत्वपूर्ण भूमिका र सहयोग रहेको बताए ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले खेलाडी राष्ट्रको गहना भएको बताए । उनले रुपन्देहीले धेरै खेलाडी उत्पादन गरेको बताए ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले सिद्धार्थनगर नगरपालिकामा खेलकुद क्षेत्रलाई अगाडि बढाउनुपर्छ भन्ने टीम रहेको बताए । उनले तेक्वान्दोको विकासका लागि आफ्नो साथ र सहयोग रहने बताए ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का पूर्व वडाअध्यक्ष थानेश्वर पौडेलले मुलुकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

    भैरहवा तेक्वान्दो क्लबका संस्थापक प्रमुख सल्लाहकार तथा उद्योगी ऋषिकेश अग्रवालले प्रशिक्षण कभर्ड हल निर्माणका लागि सहयोग गर्न आग्रह गरे ।

    क्लबका कार्यवाहक अध्यक्ष चक्रबहादुर थापा क्षेत्रीले क्लब विभिन्न आरोह अवरोहलाई पार गर्दै यहाँसम्म आइपुगेको बताए । उनले सिद्धार्थनगरका सामूदायिक विद्यालयमा पनि खेलकुद गतिविधि अघि बढेको बताए । उनले भने, ‘खेलाडीको विषयमा राजनीति गर्नुहुँदैन । निर्वाचनमा राजनीति गर्ने हो । खेल क्षेत्रको विकासका लागि सबै एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’ उनले संस्थाको लागि आवश्यक कार्यालय भवन साथै प्रशिक्षण कभर्ड हल निर्माणका लागि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा जग्गा प्राप्त भएको भन्दै पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारी र सिद्धार्थनगर–३ का पूर्व वडाअध्यक्ष थानेश्वर पौडेललाई धन्यवाद व्यक्त गरे ।

    भैरहवा तेक्वान्दोका संस्थापक संजय बजियमले नगरपालिकाले तेक्वान्दाले सभ्य समाज निर्माण गर्न भूमिका खेल्ने बताए ।

    भैरहवा तेक्वान्दो क्लबका कार्यवाहक अध्यक्ष चक्रबहादुर थापा क्षेत्रीको अध्यक्षता, प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यता तथा भैरहवा तेक्वान्दो क्लबका सचिव प्रकाशमान राजभण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा भैरहवा तेक्वान्दो क्लबका कोषाध्यक्ष दीपक न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारी, सिद्धार्थनगर–३ का पूर्व वडाअध्यक्ष थानेश्वर पौडेल र गौतमबुद्ध सन्देश दैनिकका प्रबन्ध सम्पादक विष्णु भट्टराईलाई दोसल्ला ओढाइ कदरपत्रद्वारा सम्मानित गरिएको थियो । त्यस्तै विभिन्न व्यक्तिहरुलाई क्लबको आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij