२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

लियो बुटवल खस्यौलीमा केशव भण्डारी

बिहिवार , बैशाख १४, २०८०

बुटवल, १४ वैशाख ।
लियो क्लब अफ बुटवल खस्यौलीको वर्ष २०२३/२०२४ को लागि केशव भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको प्रथम उपाध्यक्षमा शुभास पौडेल, द्वितीय उपाध्यक्षमा शुभम गुप्ता, तृतीय उपाध्यक्षमा आकास कसौधन, सचिवमा विशाल खड्का र कोषाध्यक्षमा प्रतिक गुप्ता रहेका छन् । 

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष भण्डारी आगामी कार्यकाल सफल बनाउन कमिटीका सदस्यहरुलाई तालिम र सामाजिक कार्यमा जोड दिने बताए । कार्यक्रममा लायन्स क्लव अफ खस्यौलीका संस्थापक अध्यक्ष मुक्ति श्रेष्ठ, निर्वाचन अधिकृत तथा पूर्वअध्यक्ष आशिष कसौधन, पूर्वअध्यक्ष मन्जील विश्वकर्माले वनिर्वाचित टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । वर्ष २०२२/२०२३ का अध्यक्ष सत्यम कसौधनले नवनिर्वाचित टिमलाई लियोको मर्म बुझेर काम गर्न अनुरोध गरे ।