२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

तेली कल्याण समाजको लुम्बिनी प्रदेशस्तरीय भेला, अध्यक्षमा अजय गुप्ता

बुधवार , बैशाख १३, २०८०

भैरहवा, १३ वैशाख ।
तेली कल्याण समाज नेपालको लुम्बिनी प्रदेशस्तरीय भेला बुधबार भैरहवामा सम्पन्न भएको छ । भेलाले रुपन्देहीका अजय कुमार गुप्ताको अध्यक्षतामा १७ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

प्रदेश समितिको उपाध्यक्षमा दिनेश कुमार साहु (बाँके), त्रिलोकीनाथ गुप्ता (नवलपरासी), महासचिवमा दुर्गा प्रकाश गुप्ता (रुपन्देही), सचिवमा रामकिसुन साहु (बाँके) र कोषाध्यक्षमा भगवन्तलाल गुप्ता (नवलपरासी) रहेका छन् ।

त्यस्तै सदस्यहरुमा गोपाल तेली, विमला गुप्ता, पूर्णवासी गुप्ता, बल बहादुर साह, पिन्टु साहु, रामवचन गुप्ता, राजेश कुमार गुप्ता, मुरारी प्रसाद गुप्ता, रमेश गुप्ता, गणेश गुप्ता र तिलेश्वर गुप्ता रहेका छन् । अध्यक्षमा चयन भएका सिद्धार्थनगर–३ निवासी अजय कुमार गुप्ता विभिन्न संघ–संस्थामा क्रियाशिल छन् ।

भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि तेली कल्याण समाज नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष  उम्देश्वर प्रसाद साहले तेली समुदायले आफूलाई गर्वले तेली भन्नुपर्नेमा जोड दिए । उनले भने, ‘संगठन नै शक्ति हो । एकताबद्ध भएर अघि बढ्नुपर्छ । काधमा काध मिलाएर अघि बढ्नुपर्छ ।’

IMG_5810.JPG

विशिष्ट अतिथि समाजका केन्द्रीय महासचिव सत्यनारायण साहले आफ्नो हकअधिकारका लागि संगठित हुन आवश्यक रहेको बताए । उनले भने, ‘आफ्नो हकअधिकारका लागि लड्नुपर्छ । शिक्षामा जोड दिनुपर्छ ।’

अर्का विशिष्ट अतिथि समाजका केन्द्रीय सल्लाहकार राजेन्द्र गुप्ताले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताए । सल्लाहकार गुप्ताले राजनीतिक क्षेत्रमा तेली समुदाय अघि बढ्नुपर्नेमा जोड दिए ।

समाजकी पूर्व केन्द्रीय सदस्य विमला गुप्ताले तेली समाजको धर्मशाला निर्माणमा केन्द्रीत हुनुपर्नेमा जोड दिइन् । उनले दाइजो प्रथाविरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने बताइन् ।

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘तेली समाज नेतृत्व तहमा पुग्नुपर्छ ।’

कार्यक्रममा तेली समाज कपिलवस्तुका अध्यक्ष सोहरत तेली, बारा जिल्ला अध्यक्ष बजरंगी साह, बाँके जिल्ला सचिव प्रदीप साह, रुपन्देही जिल्ला कोषाध्यक्ष दुर्गा प्रकाश गुप्ता, भण्डारी गुप्तालगायतले बोल्दै सफलता प्राप्त गर्न एकजुट हुनुपर्ने बताए ।

साहू तेली कल्याण सेवा समिति रुपन्देहीका अध्यक्ष रामवचन गुप्ताको अध्यक्षता, सल्लाहकार अजय कुमार गुप्ताको स्वागत, रुपन्देही क्षेत्र नम्बर ३ का संयोजक पूर्णवासी गुप्ताको संयोजकत्व तथा रुपन्देही जिल्ला सचिव राम दयाल गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।