२०८२, पौष १७ गते

Jan 01 2026 | २०८२, पौष १७ गते

लुम्बिनी विश्व शान्ति मञ्चद्वारा वृक्षारोपण

सोमवार , बैशाख ११, २०८०

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, ११ वैशाख ।
    विश्व पृथ्वी दिवस–२०२३ को अवसर पारेर ‘पृथ्वी जोगाऔं’ भन्ने मूल नाराका साथ वृक्षारोपण गरिएको छ । नेपाली सेना, युद्ध कवच गण सितापाइलामा एक समारोहबीच श्री नं. १७ बाहिनीका बाहिनीपति सहायक रथी लक्ष्मण थापाको उपस्थितिमा वृक्षारोपण भएको हो ।

    वृक्षारोपणका लागि लुम्बिनी विश्व शान्ति मञ्चले विरुवा उपलब्ध गराएको थियो । सो अवसरमा अम्बा, हलुवाबेद, भोगटे,  तेजपत्ता, असारेफूल, कागतीलगायत विभिन्न फलफूलका २ सय वटा विरुवाहरु रोपिएको थियो । 

    कार्यक्रममा लुम्बिनी विश्व शान्ति मञ्चका संस्थापक अध्यक्ष बासु गौतम, उपाध्यक्ष सन्तोष कुंवर, महासचिव एवं प्रवक्ता धिरेन्द्र पन्त, युद्ध कवच गणका गणपती प्रमुख सेनानी दिनेश कुमार खड्कालगायतले सहभागीता जनाउँदै वृक्षारोपण गरेका थिए ।

    लुम्बिनी विश्व शान्ति मञ्चले सन् २०१९ यता हालसम्म देशैभरी २० हजारवटा बोटविरुवाहरु रोपिसकेको र करिब १४ हजार बोटहरु हुर्किसकेको मञ्चका अध्यक्ष गौतमले जानकारी दिए । उनले बुद्ध जयन्तीका अवसरमा यही वैशाख २२ गते लुम्बिनी र भैरहवामा ‘लुम्बिनी विश्व शान्ति महोत्सव’ कार्यक्रम गरिने जनाए । 

    त्यस्तै विश्व बातावरण दिवसको अवसरमा १० लाख वृक्षारोपण तथा संरक्षण अभियानलाई निरन्तरता दिंदै ४ महिनामा ३० हजार बढी वृक्षारोपण गर्ने कार्यक्रम रहेको गौतमले बताए ।