२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

भैरहवामा मनाइयो विश्व प्रयोगशाला दिवस (फोटो फिचर)

आइतवार , बैशाख १०, २०८०

भैरहवा, १० वैशाख ।
भैरहवामा आइतबार विश्व प्रयोगशाला दिवस मनाइएको छ । दिवसको अवसर पारेर युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) बी.एस.सी. एम.एल.टी.को आयोजनामा जनचेतनामूलक र्याली, सडक नाटक तथा नृत्य प्रस्तुती गरिएको छ ।

युसीएमएसबाट निस्किएको र्याली नगरका विभिन्न स्थानको परिक्रमा गरी देवकोटाचोकमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै युसीएमएसका बी.एस.सी. एम.एल.टी. कोर्डिनेटर प्रोफेसर नारायण गौतमले ९० प्रतिशत रोग नदेखिने रोग भएकोले रोगको पहिचानका लागि प्रयोगशाला आवश्यक रहेको बताए । उनले प्रयोगशालाले रोगको उपचार र निदानका लागि धेरै नै मद्दत गर्ने बताए ।

कन्सलटेण्ट प्याथोलोजिष्ट, एशोसिएट प्रोफेसर तथा केयर प्लस डायग्नोष्टिक एण्ड प्याथोलोजी ल्याब सिद्धार्थनगर–१२, रुपन्देहीकी सञ्चालक डा. अनिता शाहीले प्रयोगशालाले रोगको सही कारण पत्ता लगाउन मद्दत गर्ने बताइन् । उनले गुणस्तरीय ल्याबमा परीक्षण गराउन आग्रह गरिन् । उनले भनिन्, ‘उपचारका लागि रोग पत्ता लगाउनुपर्छ, त्यसका लागि गुणस्तरीय प्रयोगशाला (ल्याब) मा परीक्षण गराउनुपर्छ ।’

IMG_5257.JPG

कार्यक्रममा युसीएमएसका प्रशासन संयोजक तेज कुमार के.सी., बी.एस.सी. एम.एल.टी.मा अध्ययनरत विद्यार्थी लक्ष्मी पौडेलले रोग पत्ता लगाउन प्रयोगशाला महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा प्रतिमान–नीमा स्मृति प्रतिष्ठान सिद्धार्थनगर–३, केयर प्लस डायग्नोष्टिक एण्ड प्याथोलोजी ल्याब, नेशनल प्याथ ल्याब, एशियन डाईनोष्टिक ल्याब्रोटोरी प्रा.लि., ए. वन हेल्थ नेपालको सहभागीता रहेको थियो ।

कार्यक्रममा ए. वन हेल्थ नेपालले निःशुल्क मधुमेह (सुगर), रक्तचाप (प्रेसर) को परीक्षण तथा मोटोपनको मापन गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुले जनचेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गरेका थिए ।

IMG_5186.JPG
IMG_5212.JPG
IMG_5183.JPG
IMG_5250.JPG
IMG_5241.JPG
IMG_5282.JPG
IMG_5171.JPG